2026-09-02 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मोटर बाटो खन्दा कुलो पुरिएपछि सामाचौरको सयौं रोपनी खेत बाँझै

प्रेम सुनार/कात्तिक १०, गुल्मी ।  यति वेला जताततै धान पाकेर पहँलपुर र सुन्दरभई रहेको बेला गुल्मीको सामाचौर फाँट भने सिचाईको अभावमा बाँझै रहँदा झार र बन्सो उम्रीएर कुरुप बनेको छ  । 

मोटरबाटोको स्तरबृद्धि गर्ने क्रममा  कुलो पुरिए पछि हजारौं मुरी धान फल्ने  सामाचार फाँटको सयौं मुरी खेत यस वर्ष कृषकहरुले बाँझै राख्नु परेको हो । ईस्मागाउँपालिका वडा नम्वर–२ , हस्तीचौरको सामाचौर फाँट छल्दी पनाह रातडाँडा सडक खण्डको विचमा पर्ने रातचौरमा डोजरले सडक फाराकिलो पार्ने क्रममा तल रहेको कुलो पुरेपछि  कृषकहरु ठुलो मर्कामा परेका छन । 

 खेत धनी मध्येका कर्णबहादुर पाण्डे भन्छन्–‘मरो मात्रै ६५ मुरी धान फल्ने १० रोपन खेत बाँझै छ खतम पा¥यो मोटर बाटोले सञ्चार माध्यमले जोडदार ढंगले उठाई दिनु प¥यो । ’ 

उनका अनुसार १५ जना भन्दा बढि कृषकहरुको सयौं रोपनी खेत यसपाली बाँझै रहेको छ । त्यसमा ६ हजार मुरी भन्दा बढि धान फल्ने गर्दथ्यो ।  त्यति नै मात्रमा मकै  , गहुँ र तरकारी समेत उव्जेनी हुन्थ्यो । अर्का कृषक प्रेमलाल मरासनीले आफ्नो तिन रोपनी खेतमा १७ मुरी धान फल्ने गरेको तर अहिले केहि गरामा कोदो रोपेको र अरु सवै बाँझै रहेको दुख ब्यक्त गरे ।

अन्य कृषक होमलाल मरासनीनी, रामबहादुर कुँवर, देवबहादुर पाण्डे, विष्णुकुमारी पाण्डे, बुद्ध सिंह खत्री , सन्तबहादुर नेपाली , दलविर मुखिया, रणबहादुर जिसीका चार भाई छोराहरु , विष्णुबहादुर पाण्डेका छोराहरु लगायतका कृषकहरु यस वर्ष ठुलो मर्कामा परेका छन् । 

छलदी पनाह देखि रातडाँडा हुँदै ईन्द्रगौडा सम्म सडक फराकीले गर्दै पिच हुन लागेको उक्त सडक र भाडगाउँ सामाचौर जोड्ने पक्की पुल बनाउँदा त्यहाँका कृषकहरुले सदियौं देखि सिंचाई गर्दै आएको कुलो नष्ट पारे पछि पुनरनिर्माणमा समेत ति कृषकहरुले लाखौं खर्च गर्नु पर्ने भएको छ ।

एउटै गरामा ३५ मुरी धान फल्ने समथल र सुन्दर  फाँटका रुपमा प्रशिद्ध सामाचौर फाँटको १५ जना  जना भन्दा बढि कृषकहरुको  खेत यसपालि बाँझै रहँदा अनिकालको समस्या  खेप्ने भएका छन् ।  कतिपय कृषक धान स्याहर्ने चाँजोपाँजोमा छन् तर सामाचौर फाँटका कृषकहरुको खेतमा भने एकादुई जनाले कोदो रोपेका छन अरु सवै बाँझै रहेको छ ।

पक्की पुल निर्माण कम्पनीले  आफुले क्षति भएको स्थानमा कुलो बनाई दिने बताए पनि पुल सम्पन्न गरी सके पछि सम्पर्कमा ननआएको पिडित कृषकहरुले बताएका छन् । उक्त सडक निर्माणको जिम्मा पाएको तम्घास सिमलटारी प्युठान सडक आयोजना  संग ति  पिडित कृषकहरुको मर्का बारे ध्यानकृष्ट गराई दिदा आयोजना प्रमुख सुजन अधिकारीले निर्माण व्यवसायीलाई भनेर कुलोमा पसेको माटो ढुङ्गा हटाउन लगाई दिने तर क्षतिपुर्ति भने दिन नसकिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली