2026-06-27 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीका बहुमुल्य जडिबुटी लोप हुने अवस्थामा

2017-11-02

कात्तिक १६, कालिकोट । कर्णालीमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा लोप हुने अवस्थामा पुगेको छ । 

यार्सागुम्बा पाइने हुम्ला, जुम्ला, मुगु र जुम्लाका पाटनहरुमा बर्सेनी हुने संकलन हुन थालेपछि यार्सागुम्बाजस्तै बहुमुल्य जडिबुटीहरु लोप हुने अवस्थामा पुगेका हुन् । यहाँका पाटनमा पाइने यस्ता बहुमुल्य जडिबुटीले स्थानीयको जीवनस्तर उकासिए पनि संरक्षण हुन नसक्दा जडीबुटीको मूल क्षेत्र पाटनहरुमा बहुमुल्य जडिबुडी लोप हुन थालेका छन् । 

स्थानीयका लागि आम्दानीको प्रमुख स्रोत भए पनि बर्सेनी दोहनका कारणले जडीबुटी लोप हुन लागेका हुन् । कर्णालीमा पाइने धेरै प्रजातिका जडीबुटीमध्ये यार्सा प्रमुख जडीबुटी हो । तर बर्सेनी पाटनमा यार्सा दोहोन गर्दै जाँदा अघिल्लो वर्षको तुलनामा कम पाउन थालेको यार्सा संकलकहरूको अनुभव छ । कर्णालीका उच्च हिमाली भेगका रिमार, कोइकी, हाङदाङ खोला, छापाखोला, दोल्फु पाटन, टाके लगायतका पाटन क्षेत्रमा यार्सा कम पाइन थालेको विगत ११ वर्षदेखि यार्सा संकलन गर्दै आएका डोल्पा त्रिपुरा सुन्दरी गाउँपालिका म्याम्बो लामाले बताए । 

‘सुरुका बर्षमा पाटन यार्सा धेरै पाइने गरेको थियो’ उनले भने, ‘बर्सेनी दोहनले पाटनमा यार्सा पाउन कठिन भएको छ ।’ त्यस्तै चिराइतो, कटुकी, पाँचऔंले आदि जडीबटी भदौ–असोजमा संंकलन गरिन्छ । कर्णालीका हिमाली भेगका वन र पाटनमा पाइने यस्ता जडीबुटी टिपेर बर्सेनी कमाइ गर्ने तर संरक्षणमा ध्यान नदिँदा केही वर्षमै सो भेगबाट अमूल्य जडीबुटीहरू लोप हुने खतरा रहेको जुम्लाका स्थानीय नरबहादुर बुढाले बताए । 

‘कर्णालीका उत्तरी भेगको जडिबुडी यहाँका स्थानीयको आयआर्जनको प्रमुख स्रोत हो’ उनले भने, ‘रोजगारीमा नगई जडीबुटीबाट मात्र एक घरधुरीले वर्षमा न्यूनत ३ लाखभन्दा बढी कमाइ गर्ने गरेका छन्’ उनले भने, ‘व्यवस्थित रूपमा जडीबुटी संकलन नहुँदा बर्सेनी जडीबुटी उत्पादन घटेको हो ।’

जिल्ला वन कार्यालय हुम्लाका अनुसार जडीबुटी टिप्ने यामभन्दा अगाडि नै संकलन पुर्जी दिँदा स्थानीयहरूले हतारमै टिपेर बेचबिखन गर्ने चलन बढेकाले वनमा जडीबुटी कम हुन थालेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी