2026-09-14 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागू

कत्तिक १८, कालीकोट | सान्नित्रिवेणी गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागु गरिने भएको छ । कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन परियोजना लागु गरिएको हो । परियोजना अन्तर्गत नगदे बालीमा जोड दिइने छ । त्यसका लागि कृषिमा आत्मनिर्भर बनाउन ओखर, स्याउ, सुन्तला खेतीको पकेट क्षेत्र बनाएर कार्यक्रम लागु गरिने छ ।

प्रधानमन्त्री कृषि आधुनिक परियोजना अन्र्तगत गाउँपालिका बिभिन्न क्षेत्रहरुलाई कृषि पकेट क्षेत्र निर्धारण गर्ने, स्याउ ओखर, आलु, सुन्तला खेतीका पकेट क्षेत्रको निर्धारण गरिने गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन परियोजनाको औपचारिक रुपमा लागु गरिएको छ’ उनले भने, ‘आलु, सुन्तला, स्याउ र ओखर खेती गर्ने तयारी थालेका छौं ।’

गाउँपालिकाले पहिलो आत्मनिर्भर बन्नका लागि पहिलो प्राथामिकता कृषिलाई मानेका कारणले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना थप सहयोग पुगेको छ । ‘हाम्रो गाउँपालिकाको पहिलो प्राथामिकता कृषि नै हो’ उनले भने, ‘त्यसका लागि यो परियोजनाले थप सहयोग पुगेको छ ।’ गाउँपालिका कार्यकारी अधिकृत दुर्गबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीको प्रमुख आतिथ्यता र गाउँपालिका कृषि शाखा अधिकृत पर्शुराम काफ्लेले सहजीकरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ