२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा समूह गठन गरेर अर्गानिक मह दिने सेरेना माहुरी पालन गर्दै किसान

२०७४, १५ मंसिर शुक्रबार ०९:०६

शंकर के सी/मङ्सिर १५, दाङ । मौरीका विभिन्न प्रजाति मध्ये पहाडी भुबनौटमा पाइने एपिस सेरेना जातको स्थानीय (लोकल) मौरी पालनमा दाङका किसानहरु समुहमै आवद्ध भएर लागेका छन् । 

अन्य मौरीबाट उत्पादित महको तुलनामा सेरेना मौरीको मह गुणस्तरीय, अर्गानिक र औषधिजन्य रुपमा प्रयोग हुने भएको हुँदा यसको पालनतर्फ ज्ञान, सिप, पूँजी र प्रविधि प्रयोग गरेर किसानहरु लागेका हुन् ।

असल शासन संरक्षण मञ्चको आयोजना तथा नेपाल सरकार, कृषि विकास मन्त्रालय, राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोगमा दाङका १२० जना किसानहरु सेरेना जातको माहुरी पालनमा आवद्ध भएका छन् । 

दाङ जिल्लामा दिगो आय आर्जनका लागि एपिस सेरेना मौरीको व्यवस्थापन, प्रबर्धन र मुल्य श्रृंखला विकास आयोजना अन्र्तगत सेरेना महलाई व्यवसायीकरण गरी किसानको आय आर्जन बढाउन विभिन्न सामाग्रीहरु पनि वितरण गरिएको छ । 


व्यवसायिक योजना निर्माण तालिम, रानी मौरीको प्रजनन कार्यमा सहयोग, मह प्रशोधन केन्द्र विकास, सामुदायिक बनमा मौरी चरण सुधार, एपिस सेरेना मौरीको श्रोत केन्द्र स्थापना र विकास, होर्डिङ बोर्ड निर्माण, मौरीका सामाग्रीहरुको वितरणका साथै सहकारि गठन जस्ता कार्यक्रम गरिएको असल शासन संरक्षण मञ्चका अध्यक्ष कमल सुवेदीले बताए ।

तुलसिपुर उपमहानगरपालिका १ पवननगर तथा घोराहि उपमहानगरपालिका वडा नम्बर १२ को हापुर र वडा नम्बर १९ मा गरेर ६ वटा कृषक समूह रहेका छन् । जसमध्ये तीन स्थानमा सहकारि गठन गरि दर्ता प्रक्रिया अगाडी बढिसकेको परियोजनाका सहजकता निराश पाण्डेले बताए । 

उनका अनुसार तुलसिपुर १ मा सिसाखानी माहुरीपालन कृषि सहकारि, घोराहि १२ मा राधाकृष्ण माहुरीपालन कृषि सहकारि र घोराहि १२ मै रहेको उद्यमशिल माहुरिपालन कृषि सहकारि संस्था दर्ता प्रक्रियामा छन् । सहकारिको माध्ययमबाट अगाडी बढेमा किसानहरु परम्परागत मौरी पालन बाट माथी उठेर कृषिमा व्यवसायिकरण गरी दिगो आर्य आर्जन बृद्धि गर्नतर्फ अग्रसर हुने परियोजनाका कार्यक्रम संयोजक तथा माहुरी विज्ञ माधव केसीले बताए ।

२०७२ साल चैत्र २६ गतेदेखि शुरु भएकोसेरेना मौरीको व्यवस्थापन, प्रबर्धन र मुल्य श्रृंखला विकास कार्यक्रम आगामी फागुन महिना सम्म सञ्चालन हुने छ । तर यो कार्यक्रम अझै केहि वर्ष थप गरेमा आफ्नो व्यवसायमा बढि भन्दा बढि फाइदा पुग्ने अपेक्षा सिसाखानी माहुरीपालन कृषि सहकारि पवननगरका किसान आत्मराम खरालले गरेका छन् ।

किसानहरुलाई लक्षीत गरी दुई लाख लागतको मह प्रशोधन केन्द्र, ३ लाख ५० हजारको मौरीका घार र करिव ४ लाख लागतको मह र मौरी सम्बन्धीत औजार वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । परियोजनाले सामाजिक परिक्षण पनि गरिसकेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो