2026-06-26 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा खडेरीले २२ सय हेक्टर जमिन बाझै

2017-12-27

पुस १२, कालिकोट । कालिकोटले जिल्लामा खडेरीका कारण २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको छ । 

जिल्ला कृषि विकास कार्यालय कालिकोटको तथ्याङ्क अनुसार आकाशे पानीको भरमा गहुँ खेती हुने जिल्लामा २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको हो । 

जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनिलकुमार सिंहले जिल्लामा आकाशे पानीको भरमा खेती हुने अधिकांश जमिनहरु लामो समय बर्षा नहुँदा बाझो रहेको बताए ।

उनले जिल्लामा जम्मा १५ हजार ५ सय ६० हेक्टर खेती योग्य जमिन रहेको जानकारी दिए । कालिकोटमा बर्षेनी ५ हजार ६ सय ५० हेक्टरमा गहुँ खेती हुँदै आएको छ । 

जसमा यो बर्ष खडेरीका कारण पुसको दोस्रो सातासम्म ३ हजार ३ सय ९० हेक्टर जमिनमा मात्र किसानहरुले गहुँ बाली लगाएका छन् । लामो समय जिल्लामा पानी नपर्दा स्थानिय किसानहरु चिन्तित भएका छन् ।

आकाशे पानीकै भरमा खेती गर्दै आएकी पलाता गाँउपालिका वडा नं. ३ कि दाना न्यौपानेले भनिन्, ‘बर्षा नहुँदा यस बर्ष त मेरो सबै खेत बाझो रह्यो ।’ सिजनमै पानी परेपछि असोज कात्तिकमै गहुँ खेती गरेसक्ने खेतहरुमा पुसको दोस्रो सातासम्म पनि बर्षा नभएकाले गहुँ छर्न नसकेको उनले बताईन् । उनले भनिन्, ‘आकाशे पानीको भरको खेतीले बर्षेनी संकट पैदा गर्ने भयो ।’

यस्तै कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ७ का स्थानीय किसान मनबिर बोहोरालाई पनि उस्तै चिन्ता छ । पुसको १५ जान लाग्दा पनि बर्षा हुने छाँट नदेखिए पछि यो बर्ष जग्गा बाझो रहेको उनले बताए । 

‘यसको दुई बर्ष अगाडि परेको खडेरीले गाँउमा खेती गर्ने बिउको पनि अभाव भएको थियो’ उनले भने, ‘गत बर्ष भने केही सहज भयो । यस बर्ष उस्तै खडेरी पर्ने संकेत देखिएको छ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार कालिकोट जिल्लामा यस बर्ष गहुँबाली उत्पादनमा अनुमानित २५ प्रतिशतले कमी आउने आँकलन गरिएको छ । जिल्लामा गत बर्ष ५ हजार १ सय मेक्ट्रिकटन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले बताए । गत बर्षको तुलनामा यस बर्ष गहुँबाली उत्पादनमा २५ प्रतिशत जती कमी आउन सक्ने उनको अनुमान छ । 

गत बर्षको तुलनामा यस बर्ष बर्षा नहुँदा २५ प्रतिशत बढी किसानको जग्गा बाँझो रहेको छ । जिल्लाका पलाता क्षेत्रमा झन् अधिकांश जमिनहरु सिंचाईको सुविधा नहुँदा बाँझै रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ