2026-10-31 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खडेरीले २२ सय हेक्टर जमिन बाझै

पुस १२, कालिकोट । कालिकोटले जिल्लामा खडेरीका कारण २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको तथ्याङ्क अनुसार आकाशे पानीको भरमा गहुँ खेती हुने जिल्लामा २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको हो । जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनिलकुमार सिंहले जिल्लामा आकाशे पानीको भरमा खेती हुने अधिकांश जमिनहरु लामो समय बर्षा नहुँदा बाझो रहेको बताए ।

उनले जिल्लामा जम्मा १५ हजार ५ सय ६० हेक्टर खेती योग्य जमिन रहेको जानकारी दिए । कालिकोटमा बर्षेनी ५ हजार ६ सय ५० हेक्टरमा गहुँ खेती हुँदै आएको छ । जसमा यो बर्ष खडेरीका कारण पुसको दोस्रो सातासम्म ३ हजार ३ सय ९० हेक्टर जमिनमा मात्र किसानहरुले गहुँ बाली लगाएका छन् । लामो समय जिल्लामा पानी नपर्दा स्थानिय किसानहरु चिन्तित भएका छन् ।

आकाशे पानीकै भरमा खेती गर्दै आएकी पलाता गाँउपालिका वडा नं. ३ कि दाना न्यौपानेले भनिन्, ‘बर्षा नहुँदा यस बर्ष त मेरो सबै खेत बाझो रह्यो ।’ सिजनमै पानी परेपछि असोज कात्तिकमै गहुँ खेती गरेसक्ने खेतहरुमा पुसको दोस्रो सातासम्म पनि बर्षा नभएकाले गहुँ छर्न नसकेको उनले बताईन् । उनले भनिन्, ‘आकाशे पानीको भरको खेतीले बर्षेनी संकट पैदा गर्ने भयो ।’

यस्तै कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ७ का स्थानीय किसान मनबिर बोहोरालाई पनि उस्तै चिन्ता छ । पुसको १५ जान लाग्दा पनि बर्षा हुने छाँट नदेखिए पछि यो बर्ष जग्गा बाझो रहेको उनले बताए । ‘यसको दुई बर्ष अगाडि परेको खडेरीले गाँउमा खेती गर्ने बिउको पनि अभाव भएको थियो’ उनले भने, ‘गत बर्ष भने केही सहज भयो । यस बर्ष उस्तै खडेरी पर्ने संकेत देखिएको छ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार कालिकोट जिल्लामा यस बर्ष गहुँबाली उत्पादनमा अनुमानित २५ प्रतिशतले कमी आउने आँकलन गरिएको छ । जिल्लामा गत बर्ष ५ हजार १ सय मेक्ट्रिकटन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले बताए । गत बर्षको तुलनामा यस बर्ष गहुँबाली उत्पादनमा २५ प्रतिशत जती कमी आउन सक्ने उनको अनुमान छ । गत बर्षको तुलनामा यस बर्ष बर्षा नहुँदा २५ प्रतिशत बढी किसानको जग्गा बाँझो रहेको छ । जिल्लाका पलाता क्षेत्रमा झन् अधिकांश जमिनहरु सिंचाईको सुविधा नहुँदा बाँझै रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय