2026-09-14 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खडेरीले २२ सय हेक्टर जमिन बाझै

पुस १२, कालिकोट । कालिकोटले जिल्लामा खडेरीका कारण २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको तथ्याङ्क अनुसार आकाशे पानीको भरमा गहुँ खेती हुने जिल्लामा २ हजार २ सय ६० हेक्टर जमिन बाझै रहेको हो । जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनिलकुमार सिंहले जिल्लामा आकाशे पानीको भरमा खेती हुने अधिकांश जमिनहरु लामो समय बर्षा नहुँदा बाझो रहेको बताए ।

उनले जिल्लामा जम्मा १५ हजार ५ सय ६० हेक्टर खेती योग्य जमिन रहेको जानकारी दिए । कालिकोटमा बर्षेनी ५ हजार ६ सय ५० हेक्टरमा गहुँ खेती हुँदै आएको छ । जसमा यो बर्ष खडेरीका कारण पुसको दोस्रो सातासम्म ३ हजार ३ सय ९० हेक्टर जमिनमा मात्र किसानहरुले गहुँ बाली लगाएका छन् । लामो समय जिल्लामा पानी नपर्दा स्थानिय किसानहरु चिन्तित भएका छन् ।

आकाशे पानीकै भरमा खेती गर्दै आएकी पलाता गाँउपालिका वडा नं. ३ कि दाना न्यौपानेले भनिन्, ‘बर्षा नहुँदा यस बर्ष त मेरो सबै खेत बाझो रह्यो ।’ सिजनमै पानी परेपछि असोज कात्तिकमै गहुँ खेती गरेसक्ने खेतहरुमा पुसको दोस्रो सातासम्म पनि बर्षा नभएकाले गहुँ छर्न नसकेको उनले बताईन् । उनले भनिन्, ‘आकाशे पानीको भरको खेतीले बर्षेनी संकट पैदा गर्ने भयो ।’

यस्तै कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ७ का स्थानीय किसान मनबिर बोहोरालाई पनि उस्तै चिन्ता छ । पुसको १५ जान लाग्दा पनि बर्षा हुने छाँट नदेखिए पछि यो बर्ष जग्गा बाझो रहेको उनले बताए । ‘यसको दुई बर्ष अगाडि परेको खडेरीले गाँउमा खेती गर्ने बिउको पनि अभाव भएको थियो’ उनले भने, ‘गत बर्ष भने केही सहज भयो । यस बर्ष उस्तै खडेरी पर्ने संकेत देखिएको छ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार कालिकोट जिल्लामा यस बर्ष गहुँबाली उत्पादनमा अनुमानित २५ प्रतिशतले कमी आउने आँकलन गरिएको छ । जिल्लामा गत बर्ष ५ हजार १ सय मेक्ट्रिकटन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले बताए । गत बर्षको तुलनामा यस बर्ष गहुँबाली उत्पादनमा २५ प्रतिशत जती कमी आउन सक्ने उनको अनुमान छ । गत बर्षको तुलनामा यस बर्ष बर्षा नहुँदा २५ प्रतिशत बढी किसानको जग्गा बाँझो रहेको छ । जिल्लाका पलाता क्षेत्रमा झन् अधिकांश जमिनहरु सिंचाईको सुविधा नहुँदा बाँझै रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले