Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कुखुरा व्यावसायमा रमाउदै कपिलवस्तुका प्रेम

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे/पुस १६, कपिलवस्तु । कपिलवस्तु वुद्धभुमी नगरपालिका इमिलियामा मा विगत चार वर्ष देखी प्रेम रानाले उन्नत जातको कुखुरा पालन गर्नुभएको छ ।

९ वर्ष वैदेशिक रोजगारीमा साउदी वस्नुभएको राना नेपालमै केहि गर्ने योजनाका साथ नेपाल आएर पशुपालन तर्फ लाग्नुभएको हो ।

उहाले जिल्लाको इमिलियामा करिव ३२ कट्ठामा कुखुराको खोर र माछा पोखरी रहेको छ ।वैदशिक यात्राको मोह त्यागेर नेपालमा पशुपालन क्षेत्र अगाल्नुभएका राना अहिले परिवार सगै वसेर गरेको यो व्यावासय वाट खुसी हुनुहुन्छ ।

उन्नत जातको लेस कुखुरा अण्डाको लागी पाल्ने गरिन्छ ।जो रानाले पाल्नुभएको छ ।सुरुवातमा एउटा खोर वनाई १२ सय कुखुरा राख्नुभएका रानाले फाइदा भएपछि अहिले अर्का खोर वनाई २४ सय कुखुरा पाल्नु भएको छ ।१४  लाखको लगानी वाट सुरु गर्नुभएको व्यावसाय वाट अहिले मासिक १ लाख ८० हजार आम्दानि गरिरहेको रानाको भनाई छ ।

रानाको यहि कमाई वाट छोरालाई काठमान्डै पढाउनु भएको छ ।विहान ४ वजे उठेर कुखुरको स्हारसुसारमा लाग्ने गरेको वताउनुहुन्छ ।श्रीमती र आफ्नो प्रयासले यो व्यावसाय वाट सफल हुन सकेको उहाको भनाई रहेको छ ।

२४ सय कुखुरा वाट दैनिकि १९ सय अण्डा उत्पादन हुने गर्दछन ।अण्डालाई वजारमा लान सुरुमा धेरै मुस्कील परेको रानाले दुखेसो पोख्नुभयो ।व्यावसाय सुरु गर्दा कपिलवस्तुका प्रत्येक वजारमा कुखुराको अण्डा वेच्नको लागी जाने गरेको गरेको वताउनुभयो ।रानाले भन्नुभयो “अण्डालाई बजारीकरण गर्न निकै कठिनाई रहेको थियो तर अहिले कतिपय व्यापारीहरु घरमै अण्डा लिन आउने गर्दछन कतिपयलाई म आफै पुर्याउने गर्दछु ”

रानाको कुखुरा फर्म सगै अहिले माछा पालन समेत सुरु गर्नुभएको छ । पशुपालन वाट मनग्य आम्दानी भएपछि उहाले माछा पालन तर्फ लाग्नुभएको हो ।वुद्धभमी नगरपालिका भित्रकै सवैभन्दा ठुलो कुखुरा फर्म भनेर रानाकै फर्मलाई चिनिन्छ ।

रानाले कुखुरा पालन सवन्धि विभिन्न तालिम समेत पाइसक्नुभएको छ ।तालिम मा सिकेका कुरावाट धेरै फाईदा पुगेको उहाँको भनाइ छ ।तर सरकारले पशुपालन तर्फ धेरै अनुदानको व्यावस्था गरेपनि त्यो अनुदान व्यावसाय संचालक सग पुग्न नसकेको वताउनु हुन्छ ।

सस्था तथा फर्म दर्ता गराएकै भरमा सरकारले अनुदान दिने गरेको उहाले वताउनुभयो ।पशु तथा कृषी क्षेत्रमा काम गरेका र असल कृषकहरुलाई अनुदान दिन सकेमा उनिहरुको मनोवल वढेर व्यावसायमा अग्रसर हुने रानाको भनाई रहेको छ ।

विदेशको कमाई छोडेर नेपालमै केहि गर्छु भन्ने लाई सरकारले विशेष व्यावस्था गर्नुपर्ने रानाको माग रहेको छ । वढदो वैदेशिक रोजगारीमा गएको युवाहरु रानाले जस्तो व्यवसाय संचालन गर्ने सके नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ ।