2026-09-14 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बिदेशबाट फर्किएपछि व्यवसाय सुरु, मासिक डेढ लाख कमाइ

पुस २२, कालिकोट । जिल्लाको महावै गाउँपालिका निवासी बिनोद बिष्टले गाइपालन व्यवसाय गरी मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । 

महावै गाउँपालिका वडा नं. ३ निवासी बिनोद बिष्टले बिदेशबाट फर्किए पछि काठमाण्डौमा गाईपालन व्यवसाय गरी मासिक डेड लाख आम्दानी गर्न सफल भएका हुन् ।

रोजगारीका लागि तीन बर्ष मलेसिया गई स्वदेश फर्किएका बिष्टले विदेशको आम्दानी घर घरेडीमा भन्दा व्यवसायमा लगानी गर्ने उद्देश्यले काठ्माण्डौमा गाईपालन व्यवसायको सुरुवात गरेको बताए । 

उनले बिदेशमा गएर कमाएको भन्दा आफ्नै देशमा मेहनत गर्दा तेब्बर आम्दानी गर्न सफल भएको बताए । उनका अनुसार अहिले १० वटा गाईहरु पालेका छन् । दश वटा गाईबाट दैनिक १ सय लिटर दुध बजारमा जान्छ ।

दुध बिक्रि गरेर दैनिक ८ हजार आम्दानी भईरहेको छ । झण्डै सात आठ महिना अघि काठ्माण्डौको महादेव स्थानमा सुरु दाजुभाई गाई फाममा सबैले अवलोकन गर्ने व्यवसायका रुपमा लिएका छन् । 

व्यवसायी बिष्टले भने, ‘धेरै मान्छेहरु आएर मेरो व्यवसाय हेर्ने गरेका छन् । अहिले मैले अरु युवाहरुलाई तीन वर्ष बिदेश जानु भन्दा यस्तै व्यवसाय गर्न सुझाव दिने गरेको छु ।’ उनले सरकारी जागिर भन्दा पनि राम्रो आम्दानी र सहज व्यवसाय गाईपालन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले