२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि

२०७४, २७ पुष बिहीबार ०७:३३

पुस २७, डडेल्धुरा । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ । 

उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयो । 

यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कार्यालयले गत वर्ष किसानलाई ५० मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यस वर्ष करिब १०० मेट्रिक टन आलुको बीउ अनुदानमा वितरण गरेको विष्टले बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत डडेल्धुरालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गरिएपछि किसान उत्साहित भएका छन् । आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको विष्ट बताउनुहुन्छ । 

आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई आलुखेतीका लागि कार्यालयले पकेट क्षेत्र घोषणा गरेको छ । 

हिउँदे बाली लगाउँदा जंगली जनावरले नष्ट गर्ने हँुदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । अजयमेरु गाउँपालिका–१ समैजीका कृषकले अन्य बाली लगाउन छोडेर आलुखेतीतर्फ लागेका छन् । 

गहुँबाली लगाउने करिब १० रोपनीमा आलुखेती गरेको समैजीका माधवी भण्डारी बताउनुहुन्छ । आलुखेतीसँगै गोलभेँडा, काउली, बन्दागोभी र हरियो सागपात लगाउने क्रम बढ्दै गएको छ । 

यस वर्ष जिल्लामा हिउँदे आलुखेती ५५५ हेक्टर क्षेत्रफलमा र बर्खे आलुखेती २८५ हेक्टरमा क्षेत्रफलमा गरिएको थियो । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको थियो । 

छत्तिस करोडको आलु उत्पादन 

डडेल्धुरामा आव २०७३÷७४ मा रु ३६ करोड मूल्य बराबरको आलु उत्पादन भएको थियो । जिल्लाभरिमा गत वर्ष १८ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । आधुनिक प्रविधीकरणका किसानको आलुखेतीका बारेमा ज्ञान बढ्दै गइरहेको छ । 

गत वर्षदेखि डडेल्धुराबाट ठूलो परिमाणमा आलु अन्य जिल्ला निर्यात भइरहेको छ । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत किसानलाई आलुको बीउदेखि अन्य आर्थिक र प्राविधिक सहयोग प्राप्त हुन थालेको छ । 

जिल्लामा वर्षको दुईपटक आलुखेती हुँदै छ । बर्खे आलुबाट बढी फाइदा हुने गरेको अमरगढी–७ पोखराका लक्ष्मी कामीले बताउनुभयो । बर्खामा आलु कम उत्पादन हुने भएकाले मूल्य बढी पाउने उहाँ बताउनुहुन्छ । किसानले अहिले आलु प्रतिकिलो रु २० देखि रु २५ सम्ममा बिक्री गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण