Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लिफ्ट प्रविधिबाट अब म्याग्दी नदीको पानी खबरामा

२०७४, २८ पुष शुक्रबार ०९:४७

 कमल खत्री \ पुस २८ म्याग्दी |  बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा “लिफ्ट” प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पु¥याइएको हो । 

सो आयोजनाको गएको आइतबार प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट तरकारी खेतीमा आबद्ध स्थानीय कृषकलाई राहत मिलेको छ । 

कूल रु १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयले दश लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । त्यस्तै, रु ४ लाख बराबरको श्रमदान समुदायबाट गरिएको र रु ४ लाख रुपैयाँ ऋण खोजेर आयोजना सम्पन्न गरिएकोे उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । 

अहिले लभ्ली हिलको नजिकै पु¥याइएको पानीलाई संकलन केन्द्रमार्फत दोस्रो चरणको लिफ्ट प्रविधिको सहायताले खबराका अधिकाँश सर्वसाधारणको पहुँचमा पु¥याउने योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । लभ्ली हिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारबाट विद्युतीय उपकरणको सहायताबाट पानी तानेर २५० मिटर माथि लभ्ली हिलको डाँडामा पानी पु¥याइएपछि स्थानीयबासी हर्षित बनेका छन् । 

इनारदेखि पाँच सय मिटर ६० एमएमको पाइपबाट लभ्ली हिलमा पु¥याइएको पानी रिजर्भ टंकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्न २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्रविधिज्ञ कृष्ण खत्रीले बताउनुभयो । 

यस आयोजनामा पानी खोल्न र बन्द गर्न मोबाइल एप्सको प्रयोग गरिएको छ । पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्समार्फत (अन÷अफ) खोल्ने र बन्द गर्ने प्रविधि जडान गरिएको हो । हालै मात्रै नेपालमा भित्रिएको लिफ्ट सिँचाइको प्रयोजनका लागि लिफ्टिङ आयोजनामा मोबाइलमार्फत पानी खोल्ने र बन्द गर्ने प्रविधि धौलागिरिमै पहिलो रहेको प्रविधिज्ञ खत्रीको दाबी छ । 

मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेन्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुने भएकाले उपभोक्ताहरुलाई यो प्रविधि बढी लाभदायी हुने विश्वास गरिएको छ । अहिले लभ्ली हिल नजिकै पु¥याइएको पानीलाई दारिमपाटासम्म पु¥याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ । ब्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकहरुले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पु¥याउन सफल भएका हुन् । 

फेदीको पानी डाँडामा पुग्दा कृषकहरु समेत दंग छन् । बेनी बजार नजिकै रहेको यस गाउँमा लिफ्ट प्रविधि मार्फत सिँचाइ पुगेपछि यहाँका कृषकहरुले तरकारी खेतीतर्फ थप उत्साहित भएर लाग्ने प्रतिकृया दिएका छन् । 

जिल्लाका अन्य धेरै क्षेत्रमा सिँचाइको मार खेपेका कृषकहरुको लागि पनि गाउँदेखि तल भएर बग्ने खोलाहरुबाट पानी तानेर सिँचाइ गर्ने लिफ्टिङ प्रविधि उपयोगी बन्ने देखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित