2026-09-16 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तिब्र शहरीकरणले औद्योगिक क्षेत्र धराशायी’

 पुस ३०, भक्तपुर  |  तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् । 

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धराशायी बन्दै गएको बताउनुभयो । 

उहाँले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आए तापनि सरकार र स्थानीय सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा र सामान्य पूर्वाधार तयार गर्न नसक्दा भक्तपुरको उद्योग फष्टाउन नसकेको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागि सरकार उदासीन रहेको आरोप लगाउँदै यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिनुभयो । उहाँले औद्योगिक विकासका लागि थप औद्योगिक क्षेत्र स्थापना गरिनुपर्ने पनि जोड दिनुभयो । 

उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागि सक्दो पहल गरेमा भक्तपुरमा विभिन्न विधाका उद्योगको विकास गर्न सकिने बताउनुभयो । विभिन्न उद्योगी व्यवसायीले भक्तपुरमा साना तथा घरेलु उद्योगका साथै अन्य सम्भावित उत्पादनको पहिचान गरी उद्योग विकास गर्न सकिने बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल