2026-06-28 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान

2018-01-22

माघ ८, म्याग्दी | जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान सञ्चालन भएको छ । 

सुन्तलाको पकेट क्षेत्र बाँसखर्कका कृषकले सिँचाइ सुविधाका लागि प्रत्येक बागैचामा पोखरी र गोठमा भकारो सुधार अभियान सञ्चालन गरेका छन् । 

कृषकले खानेपानी आयोजनाको धाराको पानी प्लास्टिकको पोखरीमा संकलन गरेर बगैँचामा सिँचाइ गर्न पोखरी निर्माण अभियान सञ्चालन गरेका हुन् । पोखरीसँगै सुन्तला खेतीमा देखिने रोग किराको गाईभैँसीको गहुँत प्रयोग गरेर व्यवस्थापन गर्ने र गुणस्तरीय मल आपूर्ति गर्न भकारो सुधार अभियान पनि चलाइएको बाँसखर्कस्थित बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो । 

सहकारीको नेतृत्वमा हालसम्म करिब १० वटा पोखरी निर्माण गरिएको छ । गत वर्ष सबै बगैँचामा हिलटेक ड्रममा पानी संकलन गरेर सिँचाइ गर्ने अभ्यास गरिएको थियो । ड्रमको पानीले पर्याप्त नभएपछि १० हजार लिटर क्षमताको पोखरी बनाएर त्यसमा रातिको समयमा पानी संकलन गरी दिउँसो सिँचाइ गर्न थालिएको खत्रीले बताउनुभयो । 

दुई ६१ घरघुरी रहेको बाँसखर्कमा करिब २०० घरधुरीले १५० हेक्टर पाखोबारी र खेतमा सुन्तला खेती गरेका छन् । बाँसखर्कमा केही वर्षयता सुन्तलाको नयाँ बिरुवा र बगैँचा थपिने क्रम बढे पनि सिँचाइको व्यवस्था हुन सकेको छैन । पुसदेखि जेठसम्म सुन्तलाको बगैँचामा सिँचाइ गर्न समस्या हुने गरेको कृषक नरबहादुर खत्रीले बताउनुभयो । 

सुन्तला खेतीलाई सुख्खायाममा नियमित सिँचाइको आवश्यकता पर्छ । बाँसखर्कमा सिँचाइका लागि म्याग्दी र पर्वतको सिमानामा पर्ने महभिरको पुम्दी खोलाबाट पाइपमा पानी ल्याउन नयाँ सिँचाइ आयोजना निर्माण गर्नुपर्ने कृषकको माग छ । 

पश्चिम फर्किएको बाँसखर्कको हावापानी र भूगोल सुन्तला खेतीका लागि अनुकूल छ भने यहाँको सुन्तला यस क्षेत्रकै उत्कृष्ट मानिन्छ । बाँसखर्कका बासिन्दाको मुख्य आयस्रोत सुन्तला खेती बनेको कृषक नन्दबहादुर खत्री बताउनुहुन्छ । कृषकले कोदो, धान, मकै र गहुँ खेती हुने खेतबारीमा सुन्तला खेती गरेका छन् । सुन्तला खेतीले बाँसखर्कको कृषकको जीवनस्तरमा सुधार ल्याएको छ । यहाँका कृषकले वार्षिक रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री गर्ने गरेका छन् । प्रतिघरधुरीले सुन्तला बेचेर रु एक लाखदेखि रु १० लाखसम्म आम्दानी गर्छन् । 

बढी मूल्य पाउने समयमा मात्र कृषकले सुन्तला बिक्रीका लागि बजार पठाउने गर्छन् । गाउँबाटै प्रतिकिलो न्यूनतम रु १०० मा सुन्तला बिक्री हुने गरको कृषक शिव खत्रीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी