Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कपनमा जनता स्वास्थ्य केन्द्र बनाउन पहल भैरहेको छ: गगन थापा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १०, काठमाडौँ |  प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिका, कपन क्षेत्रमा दुईवटा ‘जनता स्वास्थ्य केन्द्र’ स्थापना गर्न पहल भइरहेको बताउनुभएको छ ।

नगरपालिका–१०, कपन, नीलोपुल, प्रगतिनगरका बासिन्दालाई निर्वाचनमा विजयी गराएबापत धन्यवाद ज्ञापन गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले सो केन्द्रका लागि आफ्नो पहलमा नगरपालिकामा रु ८८ लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका नेता थापाले कपन क्षेत्रमा हाल ६५ वटा बाटो बनिरहेको जानकारी दिँदै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आफ्नो अभियान जारी नै रहने बताउनुभयो ।

सो अवसरमा नीलोपुल टोल सुधार समितिका अध्यक्ष रामजी खड्का, स्थानीय बासिन्दा रत्न ज्ञवाली, हेमन्त पराजुली, विना सुवेदी, शशी पौड्याललगायतले स्थानीय खानेपानीका समस्या, बिजुलीका खम्बाको व्यवस्थापन, काँग्रेसको संगठन वृद्धिजस्ता विषयमा उहाँलाई अवगत गराएका थिए । रासस