Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २६ गते, राति ९:५८ बजे कालिकोट - KLK, कृषि गतिबिधी

कालिकोटको सिमी र फापर नेपाल खाद्य संस्थानले किन्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कालीकोट २६ माघ । </b>नेपाल खाद्य संस्थान कालिकोटले जिल्लामा उत्पादित सिमी र फापर खरिद गरी जिल्ला बाहिर निर्यात गर्ने भएको छ । विगत ४ बर्षदेखी नियमित रुपमा सिमी र फापर खरिद गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कालिकोटले यस बर्ष पनि सिमी र फापर खरिद गरी जिल्ला बाहिर पठाउने भएको हो ।<br></p><p>संस्थानका कालिकोट शाखा प्रमूख झक्कुप्रसाद आचार्यले नेपाल सरकारको नीति अनुसार जिल्लाका स्थानीय कृषकहरुको हित प्रबद्र्धनका लागि खाद्य बस्तु खरिद गर्न लागेको बताए । उनले यस बर्ष सिमी एक सय क्वीन्टल र फापर ३० किलोग्राम खरिद गरिने जानकारी दिए ।</p><p>संस्थानले हालसम्म ३० क्वीन्टलफापर र ५० क्वीन्टल सिमी खरिद गरिसकेको तथा थप ५० क्वीन्टल खरिद गर्ने जानकारी उनले दिए&nbsp; ।संस्थानले सिमी प्रति किलोग्राम १ सय २५ रुपैयाँ र फापर प्रति किलोग्राम ८० रुपैयाँका दरले खरिद गरेको छ ।</p>