Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण ०९ गते, दिउँसो १:१५ बजे कृषि गतिबिधी, म्याग्दी - MGD

म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ९, म्याग्दी | जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका ९७बाली लोप हुने अवस्थामा पुगेका छन् ।

पाँच सात वर्ष अघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुने क्रम बढेसंगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका हुन् ।

करिब एक दशक अघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूललगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधानलगायतका धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको जिल्ला कृषि विकास कार्यालयले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकेको गुनासो कृषकको रहेको छ । कार्यालयको एक तथ्यांकअनुसार विभिन्न प्रजातिका ९७ रैथाने बाली जिल्लाबाट लोप हुने अवस्थामा पुगेका हुन् ।

आयातित बीउबिजनको प्रयोग गर्ने क्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काक्रा, घिरौलालगायतका बीउ टाँस्न छोडेका छन् भने धान, गहुँ, मकैलगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् ।

जिल्लाकै अगुवा कृषक चन्द्रबहादुर कार्कीका अनुसार– “विकासे बीउबिजनाबट एकपटक उत्पादन भएका खाद्यान्नलगायत फलफूल र तरकारीलाई अर्को पटकका लागि बीउको रुपमा प्रयोग गर्न सकिँदैन ।” रासस