परम्परागतरुपमा गाईभैँसीपालन गरेर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

परम्परागतरुपमा गाईभैँसीपालन गरेर "/>

2026-06-28 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा १८ लाख लगानीमा पशुपक्षी फार्म स्थापना

2018-02-22

फागुन १०, म्याग्दी | बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गर्नुभएको छ । 


परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गर्नुभएको हो । 

फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैँसी र राँगो खरिद गर्न रु १८ लाख लगानी भएको पौडेलले बताउनुभयो । विसं २०५२ देखि परम्परागत रुपमा गाईभैँसी पालेर दूध बेच्दै आउनुभएका उहाँले पशुपालन पेशालाई व्यवस्थित र व्यावसायिक बनाउन फार्मको स्थापना गर्नुभएको हो । 

फार्ममा हाल दशवटा मुर्रा जातको भैँसी तथा एक÷एकवटा जर्सी गाई र राँगो रहेको छ । तीन जनाले पूर्णरुपमा रोजगारी पाएका छन् । दैनिक १०० लिटर दूध उत्पादन हुने गरेको छ । सदरमुकाम बेनी बजारमा प्रतिलिटर रु ७० का दरले दूध बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । पौडेलले दूध बेचेको आम्दानीले घर निर्माणका साथै सात रोपनी जग्गा जोड्नुभएको छ । छोराछोरीको पढाइ र घरव्यवहार चलाउन आम्दानीको स्रोत दूध बनेको छ । 

पौडेलले बेनीको एक निजी विद्यालयमा १४ वर्षसम्म कार्यालय सहयोगीका रुपमा काम गर्नुभएको थियो । पाँच वर्षअघि निजी विद्यालयको जागीर छोडेर भैँसीपालन शुरु गर्नुभएका उहाँले भैँसी खरिद बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँले जिल्ला पशुसेवा कार्यालयबाट व्यावसायिक पशुपालन र गुणस्तरीय दूध उत्पादन सम्बन्धि तालीम लिनुभएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी