Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १५ गते, राति १०:२१ बजे कालिकोट - KLK, कृषि गतिबिधी

कालिकोटका कृषकलाई घुम्ती तालिम

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १५, कालिकोट । नरहरीनाथ गाउँपालिकाको वडा नं. ८ मा किसानहरुका लागि बेमौषमी तरकारी खेती प्रविधि सम्बन्धि घुम्ती तालिम दिईएको छ । नरहरीनाथ गाउँपालिकाको कृषि शाखाको आयोजनामा गाउँपालिकाको वडा नं. ८ का ६० जना किसानहरुलाई बेमौषमी तरकारी खेती प्रविधिका बारेमा घुम्ती तालिम दिईएको हो ।

तालिममा बेमौषमी तरकारी खेती गर्दा व्याड कसरी राख्ने, तापक्रम व्यवस्थापनका लागि पौष्टिक घर कसरी निर्माण गर्ने, कुन तरकारी बाली कसरी खेती गर्ने लगायतका बिषयमा प्रशिक्षण दिईएको सलेपा दमनराज भण्डाराले जानकारी दिए ।

उनका अनुसार गाँउपालिकाका हरेक वडामा सम्भावनाका आधारमा नगदे बालीको व्यवसायिक खेतीलाई प्रबद्र्धन गरी किसानहरुको आयस्तरमा बृद्धि गर्न गाँउपालिकाको आयोजनामा स्थलगत रुपमा कृषि प्राविधिकहरुको सहभागीतामा घुम्ती तालिमको आयोजना गरिएको हो ।

नरहरीनाथ गाउँपालिका वडा नं. ८ का कृषक समुहका अध्यक्ष जसी बिष्टको अध्यक्षता तथा ८ नम्बर वडापालिका सदस्य टेकबहादुर बिष्टको प्रमूख आतिथ्यतामा भएको तालिममा नरहरीनाथ गाउँपालिकाका कृषि प्राविधिकहरु रणधिर शाह र कम्मर शाहले सहजीकरण गरेका छन् ।