2026-10-31 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा किसानलाई ४४ हजार स्याउका विरुवा वितरण

फागुन २४, कालिकोट | कालीकोटका किसानलाई ४४ हजारस्याउका बिरुवा वितरण गरिएकोे छ । कालिकोट जिल्लालाई स्याउमा आत्मनिर्भर बनाउन व्यवसायिक स्याउ खेतीको बिस्तार गर्दै आएको जिल्ला कृषि बिकास कार्यालयले यस आर्थिक बर्षमा स्थानीय सरकारको कृषि कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा ४४ हजार स्याउका बिरुवा वितरण गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागबानी विकास अधिकृत भक्तिराम शर्माले जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र शान्नित्रिवेणी गाउपालिका गरी ४ वटा स्थानीय तहमा मात्र ४४ हजार स्याउका बिरुवा तथा १२ हजार ओखरका बिरुवा र ५ सय किबिका बिरुवा वितरण गरिएको जानकारी दिए ।

खाँडाचक्र नगरपालिकाका कृषि शाखा प्रमूख समेत रहेका शर्माले कर्णालीमा व्यवसायिक स्याउ खेती विस्तारका लागि सरकारले स्याउ मिसन कार्यक्रम मार्फत एक स्याउको विरुवा हुर्काए वाफत निरन्तर तीन बर्षसम्म एक सयका दरले अनुदान दिँदै आएको कार्यक्रमको बजेट स्थानीय तहमा गएपनि त्यसबारे जानकारी नै नभएर साधारण रुपमा कृषकको मागका आधारमा बिरुवा वितरण गरिएको बताए ।

उनले कतिपय स्थानीय तहले कृषि कार्यक्रममा आएको बजेट नै अन्य विकासी योजनामा विनियोजन गरेर यस बर्ष कृषि कार्यक्रम नै नचलाएको बताए । जिल्लाको खाँडाचक्र नगरपालिकामा यस बर्ष ६ हजार स्याउ, ४ हजार ओखरका बिरुवा वितरण गरिएको छ । यस्तै रास्कोट नगरपालिकामा १६ हजार स्याउ र ३ हजार ओखरका बिरुवा वितरण गरिएको छ । शान्नित्रिवेणी गाउँपालिकामा ३ हजार ५ सय ५० स्याउ र ३ हजार ओखरका बिरुवा वितरण गरिएको छ । यस्तै जिल्लाको स्याउ पकेट क्षेत्रका रुपमा चिनिएको तिलागुफा नगरपालिकामा १८ हजार ४ सय ५० स्याउका बिरुवा, २ हजार ओखर र ५ सय किबीका बिरुवा वितरण गरिएको छ  ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रमुख सुनिलकुमार सिंहले विगत केही बर्षदेखी बिरुवा लगाउन चाहाने कृषकहरुबाट निवेदन माग गरेर किसानकै गाँउमा गएर खाल्डो हेर्दै बिरुवा वितरण गर्दा स्याउ खेतीमा कालिकोटले निकै फड्को मारेको बताए । तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकामा मात्र बार्षिक रुपमा ३ हजार टन स्याउ निर्यात हुँदै आएको उनले बताए । विगतका बर्षहरुमा कृषकको लालपुर्जामा भएको जग्गाको क्षेत्रफल अनुसार आवश्यक पर्ने बिरुवाहरु कृषकहरुलाई उपलब्ध गराईएकोले बगैचा व्यवस्थापनमा सहज भएको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालय प्रमुख सिंहका अनुसार विगतका बर्षहरुमा जिल्लाका साविकका ८ गाविसहरुलाई स्याउ पकेट क्षेत्रका रुपमा बिस्तार गरेको थियो । जिल्लाका चिल्खाया, फोईमहादेव, राँचुली, पाँखा, दाहाँ, कालिका, सुकाटिया, स्यूना, सिपखाना र फुकोट गरी आठ वटा गाविसहरुमा व्यवसायिक स्याउ खेतीका लागि उच्च प्राथमिकतामा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय