२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धनुषासहित तराईका जिल्लामा आँप उत्पादनमा वृद्धि

२०७४, २५ चैत्र आईतवार ०८:४०

अजयकुमार साह/चैत २५, धनुषा |धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । 

क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालयले पनि यसवर्ष मौसम अनुकूल भएकाले आँप उत्पादनमा वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कूल तीन हजार २३८ हेक्टरमा जग्गामा आँपको खेती गरिएकामा एक दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरका हिसाबले कूल चार हजार ३७१ मेट्रिकटन आँप उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा तीन हजार ३६६ हेक्टर जग्गामा आँपको खेती गरिएको कार्यालयले जनाएको छ । 

उक्त कार्यालय यसवर्ष १३ मेट्रिकटन प्रति हेक्टरको हिसाबले जिल्लामा ३० हजार ६५८ मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरेको छ । धनुषामा आर्थिक वर्ष २०७१÷७२ मा दुई हजार २५५ हेक्टर जग्गामा आँपको खेती भएकामा प्रतिहेक्टर १२ मेट्रिकटनको हिसाबले दुई हजार ७६० मेट्रिकटन, आव २०७२÷७३ मा दुई हजार २७१ हेक्टरमा सात दशमलव ६९ मेट्रिकटनको हिसाबले कूल १७ हजार चारसय ८६ मेट्रिकटन आँप उत्पादन भएको थियो । 

धनुषामा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखासजस्ता जातका आँप उत्पादन हुने गरेको छ । कृषि कार्यालयका अनुसार धनुषामा ९० प्रतिशत खेती यी आँपको हुनेगरेको छ । 

अघिल्लो वर्ष आँप उत्पादनका लागि मौसम अनुकूल नभएको र आँपमा लाग्ने मधुवा किटाणुका कारणसमेत उत्पादनमा कमी आएको थियो । यसवर्ष मधुवा लगायत अन्य कीटाणुलाई नियन्त्रण गर्नसके आँपको उत्पादन आशा गरे अनुरुप हुने कार्यालयका निमित्त प्रमुख बद्री साहले बताउनुभयो । 

नेपाल एग्रो सेन्टरका सञ्चालक हरिशंकर साहले अहिले सबैभन्दा बढी आँपमा लाग्ने कीरा मार्ने औषधि नै खपत भइरहेको बताउनुभयो । 

निमित्त प्रमुख साहले मधुवा कीटाणु लगायतका आँपमा लाग्ने कीरा नियन्त्रणका लागि रोगर रोग्रिन एक दशमलव पाँच एमएल एक लिटर पानीमा मिसाएर छर्के किरा मार्न सकिन्छ भने प्लानोफिक्स ० दशमलव ५ एमएल पानीमा मिसाएर छर्केपछि आँपमा लाग्ने ढुसीलाई हटाउन सकिन्छ । 

यसवर्ष आँप उत्पान वृद्धि हुने देखेर रू १२ लाखमा विभिन्न ठाउँको आँपको फूलबारी ठेक्का लिएको फलफूल व्यापारी जीवन साहले बताउनुभयो । महेन्द्रनगरमा जीवन फलफूल बिक्री केन्द्र सञ्चालन गर्दै आउनुभएका उहाँले मिथिला नगरपालिकास्थित कृषि विकास आयोजनाको आँपको फूलबारी र क्षीरेश्वरनाथ धर्म संस्थाको आपँको बगंैचा ठेक्का लिनुभएको छ । 

किसान पनि आँपको राम्रो उत्पादन हुने भएपछि राम्रै आम्दानी हुनेमा ढुक्क छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा