2026-09-16 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाख्रापालनबाट डेढ लाख कमाइ गर्छन् रसुवाका कृष्णबहादुर

वैशाख ३१ नुवाकोट | रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । 

मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गर्नुभएको हो । अहिले उहाँको खोरमा ७० भन्दा बढी बाख्रा छन् । दुई दशकको अवधिमा उहाँले २०० भन्दा बढी बाख्रा बिक्री गरिसक्नुभएको छ । 

“आम्दानी राम्रै भएको छ, घर चलाउन अरु केही गर्नु परेको छैन,” तामाङले भन्नुभयो, “लगानी पनि धेरै गर्नु परेको छैन, चरनको भरमा चलिरहेको छ ।” 

स्थानीय रैथाने जातको बाख्राबाट एकवर्षमा २० भन्दा बढी खसीबोका बेच्ने गरेको उहाँ बताउनुहुन्छ । “एउटै खसीबोकाको रु आठ हजारदेखि रु १५ हजारसम्म लिएको छु,” उहाँले भन्नुभयो, “बाख्राकै आम्दानीबाट बचतसमेत गरेको छु ।” 

मुख्य पेशा बाख्रापालन बनाउनुभएका तामाङले सामाजिक संस्था तथा सरकारीस्तरबाट केही सहयोग नपाएको गुनासो गर्नुभयो । चरनको भरमा हुर्केका र औषधिसमेत नखुवाई पालिएका भएर उहाँले पालन गरेका खसीबोका खरिद गर्न ग्राहक घरसम्म नै पुग्ने गरेका छन् । 

“अधिकांश नुवाकोट र रसुवाबाट ग्राहक आउने गरेका छन्, माग पुरा गर्न सकिरहेको छैन,” उहाँले भन्नुभयो । मैलुङका अधिकांश किसानले बाख्रापालन तथा पशुपालनमार्फत जीविका चलाउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल