पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १८, कालिकोट | खाँडाचक्र नगरपालिकाले आयोजना गरेको तीन दिने कृषि मेला प्रदर्शनीमा ७० जना भन्दा बढी किसानहरुले आफुले उत्पादन गरेको कृषि उत्त्पादन दर्ता गराएका छन् ।

कृषि मेला प्रदर्शनीमा खाँडाचक्र नगरपालिकाभित्रका ७० जना भन्दा बढी कृषकहरुले आफुहरुले उत्पादन गरेका स्थानीय कृषि उत्पादनहरु दर्ता गराएको हुन् ।

खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमूख भक्तिराम शर्माका अनुसार विहीबारमात्र ७० जना भन्दा बढी स्थानीय उत्पादनहरु दर्ता गरिएको बताए । उनले शुक्रबार उद्घाटन हुने तीन दिने कृषि मेला प्रदर्शनीमा थप किसानहरुले पनि कृषि उत्पादनहरु ल्याएर दर्ता गराईरहेका छन् ।

खाँडाचक्र नगरपालिका भित्रका किसानहरुले उत्पादन गरेका, तरकारी बाली, फलफुल लगायतका नगदे बालीहरु प्रदर्शनी गरी उत्कृष्टताका आधारमा किसानहरुलाई पुरस्कृत पनि गरिने आयोजकले जनाएको छ ।