पढ्न करिब 1 मिनेट लाग्छ

भास्कर के.सी | जेठ २४, कञ्चनपुर | भिमदत्त नगरपालिका कञ्चनपुरको सहयोगमा (आज) विहिबार बाट भिनपा–४, भृकुटी माध्यमिक विद्यालयको नजिकै रहेको जग्गामा लगाएको लहरे तरकारीका विरुवा वितरण गरेको छ ।

५ प्रकारका ६० हजार लहरे तरकारी उत्पादन गरी भिमदत्तनगरपालिकामा रहेका किसानहरुलाई वितरण शुरु गरेको हो । ६० हजार विरुवामा मध्येमा फर्सि १५ हजार , क्रक्रा १५ हजारँ, र लौका १५ हजार गरी तिनै वटा लहरे तरकारी ४५ हजार रहेका छन् । त्यसै गरी तिते करेलाका ८ हजार र घिरौला ७ हजार रहेका छन् ।

किसानलाई विरुवा वितरण कार्यक्रम भिनपाका नगर प्रमुख सुरेन्द्र विष्टको उपस्थितमा गरिएको थियो । किसानलाई कृषि तिर आर्कषण गर्न उदेश्यले यस्ता कार्यक्रमहरु भिमदत्तनगरपालिकाले गर्दै आएको छ । भिनपाको रु.५ लाख सहयोगमा वडा नं.१० का सफल किसान महाबिरले लहरे विरुवा उत्पादन गरी भिमदत्तनगरपालिकामा रहेका १९ वटै वडाका प्रति व्यक्ति एक थरी लहरे तरकारीको २ ओटा विरुवा गरी १० विरुवा निःशुल्क वितरण गरिएको छ ।