2026-06-28 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा ९० प्रतिशत रोपाइँ सकियो

साउन १, कालिकोट | असारको अन्तिमसम्म कालिकोटमा ९० प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटका अनुसार विगतका बर्षहरुमा खडेरी पर्दा साउन महिनामा रोपिने धान अहिले असारमै सकिएको हो ।

कालीकोटको कुल १७ हजार ९ सय ८४ हेक्टर खेतियोग्य जमिनमध्ये २ हजार ५ सय १५ हेक्टर जमिन धान खेती हुने गरेकोमा असार मसान्तसम्म २ हजार १२ हेक्टर जमिनमा धान रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी बिकास अधिकृत भक्तिराम शर्माले जानकारी दिए ।

समयमै धान खेती सकिए पछि कालकिोटमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषिमा परनिर्भता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले जिल्लामा किसानलाई सक्रिय रुपमा व्यवसायिक बनाएर कृषिमा आत्मनिर्भर बनाउने भन्दै स्थानीय सरकारहरुले पनि बजेटमा कृषिलाई बिशेष प्राथमिकता दिएका छन् ।

जिल्लाका ९ वटै स्थानीय सरकारले बजेटमा समेत कृषिलाई प्राथमिक्ता दिएका छन् । कालिकोट जिल्लामा कुल ८ हजार ७ सय ५० हेक्टर जमिनमा मात्र खेती भईरहेको छ । यहाँका २ हजार ५ सय १५ हेक्टर जमिनमा धान खेती हुने र बाँकी जग्गामा मकै, कोदो, फापर, सिमीलगायतका रैथाने बालीहरु खेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी