Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ साउन १० गते, अपराह्न ४:३१ बजे कृषि गतिबिधी, म्याग्दी - MGD

सुत्केरी भैँसीलाई भत्ता !

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

साउन १०, म्याग्दी | मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ ।

सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिनुभयो ।

कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैँसीको आहराका लागि भत्ता उपलब्ध गराइएको हो । व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताउनुभयो । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ ।

यसैगरी मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक कृषकलाई रु एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाउनुभएको हो ।

कुहुँका योगेन्द जुक्जाली, अर्मन धाराका वीरबहादुर खड्का, हिदीका बेलबहादुर विक, पखेरका डेकबहादुर थापा र भाइवाङकी थिरमती शर्माले उन्नत जातको बोका खरिद गर्न रु १५ हजारका दरले अनुदान पाउनुभएको छ ।

मंगला गाउँपालिका– ४ मा बुकेनी व्यावसायिकउन्मुख बाख्रापालन समितिमार्फत बाख्रा पैँचो कार्यक्रम शुरु भएको छ । कार्यक्रममार्फत दुई वर्षअघि कुहुँको पैँयुपाटाको समूहलाई बाख्रा खरिदका लागि दिइएको अनुदान फिर्ता गरेर बुकेनीको समूहलाई उपलब्ध गराइएको छ ।

पचास जना आबद्ध समितिअन्तर्गत १०÷१० जनाका दरले पाँच वटा समूह बनाइएको छ । प्रत्येक समूहलाई उन्नत जातको बोका खरिदका लागि रु १५ हजारका दरले उपलब्ध गराइएको छ । बोका ढुवानीमा थप रु १० हजार अनुदान पाएका छन् । प्रतिकृषक तीन वटाका दरले बाख्रा खरिद गर्न रु नौ हजारका दरले चार लाख ५० हजार वितरण गरिएको छ । सो रकम कृषकलाई दुई वर्षपछि फिर्ता गरेपछि अर्को समितिलाई वितरण गर्ने प्रक्रिया रहेको खड्काले जानकारी दिनुभयो । खोर मर्मतका लागि थप रु पाँच हजारका दरले रु दुई लाख पाँच हजार वितरण गरिएको छ ।

व्यावसायिक हितकोष स्थापना

म्याग्दी उद्योग वाणिज्य संघले व्यावसायिक हितकोष स्थापना गरेको छ । रु ३० लाख कोषको ब्याजबाट उद्योग व्यवसायमा प्राकृतिक विपद्बाट क्षति पुग्दा, व्यवसायी र परिवारका सदस्यको देहावसन हुँदा सहयोग गर्ने व्यवस्था मिलाइने भएको छ ।

प्राकृतिक विपद्बाट प्रभावित व्यवसायीलाई क्षतिको अवस्थाअनुसार रु ५० हजारसम्म राहत उपलब्ध गराउने निर्णय भएको संघका महासचिव लीलाराम गौतमले जानकारी दिनुभयो ।

व्यवसायीको मृत्यु भएमा रु ७५ हजार र परिवारका सदस्यको मृत्यु भएको अवस्थामा रु २५ हजार सहयोग गरिने भएको छ । महासचिव गौतमका अनुसार कोषमा आर्थिक स्रोत जुटाउनका लागि प्रतिसदस्य एकपटक रु दुई हजार मात्र शुल्क संकलन गरिने भएको छ ।

आपत्विपद्मा परेका व्यवसायीलाई व्यवसायलाई निरन्तरता दिन सहयोग, संघप्रति साहनुभूति र अपनत्व स्थापित गराउने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

आगामी भदौ १६ गते पच्चीसाँै साधारणसभा गर्ने मिति तय गरेको संघले साउन महिनाभित्र बेनीमा आन्तरिक राजश्व कार्यालय पोखराको घुम्ती टोली बोलाएर बेनीमा कर तिर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । सोही अवसरमा करीब एक हजार व्यवसायीलाई हितकोषमा आबद्ध बनाउने संघको योजना छ । संघमा एक हजार ६८० जना उद्योग र व्यवसायी आबद्ध छन् । हितकोषको सुविधा लिनका लागि शुल्क तिरेर सदस्य बन्नुपर्नेछ ।