Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
कपिलवस्तु - KPL

कपिलवस्तुका उखु किसान अनशनमा

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३०, कपिलवस्तु | कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् ।

आव ०७१÷७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन् ।

कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका छैनन् । कपिलवस्तुमा मात्रै करीब रु दुई करोड ५० लाख रकम किसानले पाउनुपर्ने भए पनि अझै पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो । अनुपकुमार चौधरी शिवराज नगरपालिका–७ का वडा अध्यक्षसमेत हुनुहुन्छ ।

अनशनमा अध्यक्ष चौधरीसहित रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरिनारायण चौधरी र बलराम पाण्डेलगायत छन् । अन्य जिल्लाका किसानले अनुदानको रकम पाए पनि कपिलवस्तुका किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताउनुभयो । रासस