2026-06-28 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषिमा आधुनिक प्रविधि भित्र्याउन ९ बुदे सम्झौता

मङ्सिर २१, काठमणडौँ | नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ । 

सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् । 

सम्झौता पत्रमा चेम्बरका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र युनिभर्सिटीका तर्फबाट रिसर्च इन्ष्टिच्युटका निर्देशक डा हिरोआकि वाकामात्सुले आज हस्ताक्षर गर्नुभयो । 

चेम्बरका तर्फबाट जापानको टोकियो अवैतनिक दूतका रुपमा कार्यरत अन्तर्राष्ट्रिय कानूनका अधिवक्ता डा बलराम श्रेष्ठको पहलमा सम्झौता भएको हो । 

सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई आधुनिकतातर्फ लैजान सम्झौता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

सो युनिभर्सिटी विश्वकै दश उत्कृष्ट मध्येमा पर्ने सो अवसरमा जानकारी दिइयो । कृषि प्रविधि पढ्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति लगायत सुविधा विस्तार गर्दै जाने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी