2026-06-28 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा उँखुको मुल्यमा मनपरी, चिनि मिल नहुँदा क्रसरमा उखु बेच्न बाध्य

2018-12-22

माधव बेल्वासे | पुष ७, कपिलवस्तु | कपिलवस्तुमा उँख क्रसरहरुले उँखुको मुल्य मनपरि लिने गरेका छन ।कपिलवस्तु जिल्लामा रहेको करिव ३ सय उखु (गुड) उद्योगले मनपरि ढङगवाट उँखुको मुल्य दिदा किसानहरु मर्कामा परेका छन । उखु कृषकहरुले बजार नपाउदा उखु बेच्नको लागि विकल्पको रुपमा किसानहरुले क्रसरलाई लिएका हुन ।

नेपाल सरकारले उखुको मुल्य प्रती क्विन्टल ५ सय १८ तोकेको छ । कपिलवस्तुका उखु कृषकले २ सय देखी ५ सय सम्ममा विक्री गर्दै आएका छन । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन गुड उद्योगले ४ सयमा प्रति क्विन्टल खरिद गरिरहेको छ । 

पश्चिम नेपालकै ठूलो जवाभारी स्थित महालक्ष्मी सुर्गस मिल सर्लाही स्थानान्तरण गरिएपछि कपिलवस्तुका कृषकहरु चिन्तित बन्दै आएका छन । चिनि मिल नहुदाँ आफ्नो उखु नै विक्री नहुने डरमा समेत किसानहरु रहेका छन । कच्चा पदार्थको अभाव देखाउदै महालक्ष्मी सुगर मिल संचालकले सर्लाही स्थानान्तरण गरेपछि जिल्लाका कृषकहरु कठिनाईमा परेका हुन ।  सुगर्स मिल स्थानान्तरण भएसंगै सख्खर (भेली) गुड उद्योगहरु भने फस्टाएका छन् ।

उखु विक्री गर्न बजारको समस्या भएपछि केहि कृषकले क्रशर उद्योगमा भेली बनाउन दिएका छन भने कतिपय आफैले क्रशर उद्योग स्थापना गरि भेली बनाउन थालेका छन । सरकारले मुल्य तोकेपनि तर व्याभारमा त्यो नहुने उखु कृषक राम प्रकाश चौधरीले वताए ।उनले भने –“पहिला चिन मिल थियो र वेच्न सजिलो थियो अहिले उखु विक्रि नै हुदैन कि भन्ने डरले जति पैसा दिएपनि क्रसरहरुलाई दिन वाध्य छौ” ।

कपिलवस्तुको पश्चिमि दक्षिण क्षेत्रमा सुख्खा क्षेत्र रहेको अधिकांश कृषकले उखु खेती गर्दै आएका थिए । । मिल स्थानान्तरण पछि कपिलबस्तुको शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका लगायतका क्षेत्रका उखु किसानहरुले सख्खर उत्पादन गर्न थालेका छन । अन्य आम्दानी नभएका किसानहरुले उखु खेती गरेर दुई बर्षदेखि बैकल्पिक उपाय अंगाल्न बाध्य बनेका हुन ।

कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले उखु खेतीबाटै बर्षेनी जिविकोपार्जन गर्दै आएका कृषकहरु मिल बिस्थापित भएपछि समस्यामा परेकोे वताए ।गुड उद्योगहरुले मनिपरी रुपमा उखुको मुल्य तोकेर दिइरहेको अध्यक्ष चौधरीले वताए । उनले भने गुड उद्योगले मनपरि ढङग वाट उखु किनिरहेका छन यसले गर्दा किसानहरुले उखु खेती गर्न छाडेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा झण्डै एक सय पचास गुड उद्योग रहेका छन्  । 

स्थानिय निकायमा दर्ता छैनन गुड उद्योग

लाखौ करोडौको करोवार गर्ने गुड उद्योगहरु स्थानिय निकायमा दर्ता रहेको छैनन ।कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेका करिव डेढ सय उद्योगहरु स्थानिय निकायको कार्यलयमा दर्ता नभएको पाइएको छ ।

 स्थानिय सरकारले आफ्नो क्षेत्र भित्र रहेको उद्योगहरुलाई व्यवस्थापन गर्ने जिम्मा भएपनि शिवराज नगरपालिकामा रहेका गुड उद्योगहरुको सख्या समेत नगरपालिकालाई जानकारी छैन ।नगरभित्र रहेको उद्योगहरुलाई नगरपालिकामा दर्ता गराउन हामीले सुचना जारी गरेका छौ शिवराज नगर भित्र रहेको सवै उद्योगहरु नगरपालिकामा दर्ता गराएर मात्रै संचालन गर्नस  शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले भने ।

विजयनगर गाउँपालिकाले पनि सवै उद्योगहरुलाई दर्ताको लागी पत्र पठाइसकेको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले वताए । यस्तै जिल्लाका अन्य स्थानिय निकायमा समेत गुड उद्योगहरु दर्ता नभएको पाइएको छ ।

प्रशासन किन मौन

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले उखु कृषकले कम मुल्यमा खरिद गरेका गुड उद्योगको वारेमा जानकारी दिए कारवार्ही गर्ने वताएको छ  । साहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले नेपाल सरकारले तोकेको उखुको मुल्य कृषकले पाउनुपर्ने वताए । उखु कृषकहरु आफै सजग भएर सरकारले तोकको रकम भन्दा नघटाएर उखु वेच्नुपर्ने जनाए ।अर्यालले भने –“यदि कुनै उद्योगले कम मुल्यमा खरिद गरेको छ भने जानकारी दिनुस हामी कारवार्ही गर्र्छौ” । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी