2026-09-16 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि क्षेत्रको सुधारका लागि चाक्लाबन्दी खेती आवश्यक

फागुन १८, काठमाडौँ | नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँडले खेतीयोग्य जग एकीकृत गरी चाक्लाबन्दी खेती गर्नुपर्नेमा जोड दिनुभएको छ । दुई दिनसम्म चलेको साना किसान सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेता खाँडले कृषि क्षेत्रको उत्पादन बढाउन खण्डित जग्गालाई व्यवस्थित गर्दै एकीकृत खेती गर्न सके कृषि क्षेत्रमा देखीएका धेरै समस्या समाधान हुने बताउनुभयो । 

सरकारले अगाडी सारेको कृषि विकास रणनीति अनुसार काम गर्ने उपयुक्त माध्यायम सहकारी रहेको भन्दै उँहाले सहकारीले कृषि उत्पादन र समाज सुधारमा ठूलो सहयोग गरको बताउनुभयो । नेता खाँडले प्रसस्त सम्भावना रहेको कृषि क्षेत्रको विकासका लागि सरकारले सहकारी मार्फत कृषि विकासका कार्यक्रमहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । यसैगरी कार्यक्रममा नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डेले गरिवी निवारण, खाद्य सुरक्षा, महिलाहरुको नेतृत्व विकास तथा तथा सचेतनाका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो । सरकारले कृषि विकासका लागि अगाडी सारेका नीति तथा कार्यक्रम कार्यन्वयनका लागि कृषि सहकारीले गरेको सहयोगलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउनुभयो । 

विषादी रहित खाद्यन्न उत्पादनका लागि कृषि सहकारीका सदस्यहरुको प्रयासलाई सरकारका तिनै तहले सहयोग गरे मानिसमा देखिने धेरै संक्रमणको कम हुने नेता पाण्डेको दावी छ । 

यसैगरी राजपाका नेता चन्द्रकान्त चौधरीले समुदायस्तरबाटै सदस्यहरुलाई अगाडी बढाएका साना किसान कृषि सहकराी संस्थाहरुलाई राज्यले उचित सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उँहाले तराई क्षेत्रका सदस्य किसानहरुको अर्थिक, सामाजिक, सचेतनाको साथै कृषि उत्पादन र उत्पादकत्वमा बढाउन खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

दुईदिन सम्म सञ्चालन भएको सम्मेलनमा देशभरका १ हजार साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधी र २ सय अन्तराष्ट्रिय प्रतिनिधी गरी १२ सय जनाको सहभागिता रहेको थियो । सम्मेलनमा विभिन्न विधामा २८ वटा भन्दा बढि कार्यपत्र प्रस्तुत भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल