२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुका कृषकद्वारा २० लाखभन्दा बढीको स्वाउका बिरुवा खरीद-बिक्रि

१० चैत्र २०७५, आईतवार १४:४३

दान बहादुर बुढा | चैत १०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सन्जाल जोडिएपछि स्याउको माग बढेको छ । स्याउको माग बढेसँगै मुगुमा स्याउको बिरुवा लगाउने र उत्पादन गर्ने होड नै चलेको छ । कृषकहरुका अनुसार यो बर्ष मात्र मुगुमा २० लाख भन्दा बढीका स्याउका बिरुवा खरिद बिक्रि भएको छ ।

जिल्लामा रहेका सरकारी निकाय, स्थानिय सरकार, बिभिन्न संघसंस्थाले मुगुका स्थानिय बासीहरुलाई स्याउबाट आत्मनिर्भर बनाउन प्रत्यक बर्ष अनुदानमा स्याउका बिरुवा बितरण गर्दै आईरहेको छ भने यो बर्षमा पनि स्थानिय सरकार छायानाथ रारा नगरपालिकाले १९ हजार ६ सय, सोरु गाँउपालिकाले १५ सय, मुगमकामारोङ गाँउपालिकाले ४ हजार, कृषि ज्ञान केन्द्र मुगुले १६ हजार २ सय किडाक नेपालले ५ हजार ४ सय, लगायत अन्य संघसंस्थाबाट गरी ५ हजार भन्दा बढी स्याउका बोट बितरण गरिएको तर मुगु जिल्ला भरिका कृषकहरुको स्याउका बिरुवा माग संख्या ९२ हजार माग भए पनि ४३ हजार स्याउका बिरुवा अपुग भएको छ । माग अनुसार स्वाउका बिरुवा पुर्याउनको लागी स्वाउका बिरुवा उत्पादन गर्ने कृषकहरुलाई आधुनिक प्रबिधिबाट बैज्ञानिक तरिकाबाट नर्सरी कृषहरुलाई ज्ञान दिन नसकेको कारण कृषकहरुले देखे-सिके अनुसार परम्परागत तरिकाले स्याउका बिरुवा उत्पादन गरेको हुँदा साथै छिल्लो समयमा मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको हुदा स्याउमा माग बढेको हुदा जिल्ला भरी नै स्याउका बिरुवा स्थानिय बासिले लगाउन थालेकाले माग अनुसार माग अनुसारको स्याउका बिरुवा कृषकहरुले उत्पादन गन नसकेको, कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क कार्यालय मुगुका प्रमुख गोबिन्द्र सिजापतिले बताएका छन ।  


'स्याउका बिरुवाबाट प्रत्यक बर्ष ३ देखी ४ लाख  रुपैया कमाउने गरेको छु । यो बर्षमा ६ हजार स्याउका बिरुवा छायानाथ रारा नगरपालिका कृषि शाखालाई दिएको छु । सरकारी दर रेट अनुसार प्रत्यक बोटको ४० रुपैयाको दरले हामी कृषकहरुले पाउनु पर्ने हो । ढुवानीको छुट्टै रकम पाउनु पर्ने हो । नगरको कृषि शाखाले लिएको छ । ३० रुपैया देखी माथि कसरी दिन्छ । अहिलेसम्म रुपैया नपाएको छायानाथ रारा गनरपालिका वडा नम नर्सरी बर १० शोभा गाँउका कृषक शुभास चन्द्र बुढाले बताएका छन । 


स्थानिय सरकार संघसंस्थाले कुनै पनि पहल नगरी आफ्नै मिहिनेतबाट ११ बर्ष पहिले ७ बर्ष भारतको हिमालचुल बाट स्वाउका बिरुवा उत्पादन लगाएत स्याउको काट-छाट गर्न सकेको हुँ । पछिल्लो समयमा स्याउका बिरुवा उत्पादन गरी ७ जना घर परिवारलाई घर खर्च छोरा छारीलाई पढाई खर्च चलाई रहेको छु । प्रत्यक बर्ष ४ लाखसम्म स्याउ, ओखर लगाएत अन्य बिरुवा बितरण गरीरहेको छु । प्रत्यक बर्ष उत्पादन भएको बिरुवा हान-थाप गरेर नर्शरीबाटै स्याउका बिरुबा बितरण हुने गरेका छन् । जिल्लाका रहेका अधिकांश कृषि प्राबिधिक भन्दा बढी ज्ञान भएको तर सरकारी तथा स्थानिय सरकारबाट केही सेवा सुबिधा पाइ दिन प्रतिदिन बिभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको छायानाथ रारा नगरपालिका रोवा गाँउका बाच बहादुर बिकले बताएका छन । 


मुगु जिल्लाको सकै भन्दा स्याउ उत्पादन तथा पकेट क्षेत्र मानिएको छायानाथ रारा नगरपालिकाको ताल्चा, कालापाल्त, पिना, मुन्दु, कोटीला, रोवा, सोभा, बाम, माथितुम, सोरु गाँउपालिका अन्तर्गतत सोरुकोट, जिमा, ख्याल्च, श्रीपाटा, कालै, रुम, धैनकोट, मुगमकामारोङ्ग गाउँपालिका अन्तर गर्त मुगु,डोल्फु,माग्री,चिमाथ,मह,पुलु,पुव र सोरु गाँउपालिका अन्तरगत सेरी जाम, श्रीकोट, गम्थालेख, जिउका, नखर्जि, कवा, खमाले रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य