पढ्न करिब 2 मिनेट लाग्छ

असार २१, बागलुङ | बागलुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान रुपमा लगाउन माग गरेका छन् ।

९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

वित्तीय कारोबार गर्ने सबै सहकारीलाई आयकरमा समान व्यवस्था गनु पर्नेमा सहभागीहरुको जोड थियो ।

कार्यक्रममा सहकारी संघ संस्थाहरुमा कर सम्बन्धी व्यवस्था विषयमा करदाता सेवा कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले सहजीकरण गर्नु भएको थियो । उहाँले वित्तीय कारोबार गर्ने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै भएकाले बहुउद्देश्यीय सहकारीहरुले २० प्रतिशत नै कर तिर्नु उहाँको भनाइ थियो ।

सहकारी सम्बन्धी करको व्यवस्थामा वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकामा ५ प्रशित तथा उपमहानगरपालिका र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले विषयगत सहकारीहरुले आफ्नो विषयको मुख्य कारोबार अनिवार्य गर्नु पर्ने र आयकरको सम्बन्धमा सबै सहकारीहरुलाई समान खालको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो । सहकारी क्षेत्रमा लगाइदै आएको आयकरलाई व्यवस्थित गर्नका लागि सबैका बीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी अभियानलाई सबै सहकारीमा समान भनिए पनि कानुनी रुपमा समान नदेखिएको भन्दै समान कर कायम गर्नु पर्नेमा जोड दिनु भयो । सबै सहकारीले राज्यले दिएको सेवा सुविधा पाउनुपर्छ, त्यसका लागि अभियानले समन्वय गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

विभिन्न विषयका ५० भन्दा बढी सहकारी संघ संस्थाका २ सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी सम्बन्धी कर लगायतका विषयमा सहभागीहरुले जिज्ञासा, सुझाव राखेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्रबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।