2026-06-28 12:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाग्लुङमा जडीबुटी उत्पादनमा लगानी

2019-07-24

साउन ८, बाग्लुङ | तराखोला  गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी रु २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिनुभयो । 

सहकारीका शेयर सदस्यले तारखोलामा तीन हजार केजी सतुवा, चार हजार केजी चिराइतो, चार हजार केजी लौठसल्ला उत्पादन गरेका छन् । झण्डै १० हजार केजी जडीबुटी उत्पादन गरिसकेका उनीहरुले अझै उत्पादन बढाउने तयारी गरेका छन् । 

चिराइतो र लौठसल्लालाई विभिन्न रोगविरुद्धको औषधि बनाउन प्रयोग गरिन्छ । जडीबुटी विकासअन्तर्गत पाँच वटा सामुदायिक वन उपभोक्ता समूहलाई जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि डिभिजन वन कार्यालयले रु १५ लाख बजेट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी