2026-09-16 05:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

शिक्षण पेशाबाट अवकाशपछि बाख्रापालनमा

साउन ८, बनेपा |  शिक्षण पेशाबाट अवकास पाएपछि भिमसेन बस्नेतले  अहिले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । पनौती नगरपालिका–७ बस्ने बस्नेतले आफ्नै घर नजिकै एक रोपनी जग्गामा रु २० लाख लगानी गरेर सो व्यवसाय शुरु गर्नुभएको हो । 

पनौती नगरपालिका–७ स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटमा तीस बर्षसम्म शिक्षण पेशामा रहनुभएका बस्नेतले इञ्जिनीयर मनोज प्रजापतिसँग मिलेर ‘एम्बिशन एग्रीकल्चर प्रालि’स्थापना गरी यो व्यवसाय शुरु गर्नुभएको हो । बाख्राका लागि आवश्यक पर्ने खोर निर्माण र चरण क्षेत्र विस्तार गरिएको छ । उहाँको फार्ममा अहिले ३२ बाख्रा छन् । परम्परागत शैलीभन्दा फरक किसिमले निर्माण गरिएको खोरका लागि आवश्यक पर्ने सामग्री चीनबाट मगाइएको सञ्चालक बस्नेतले बताउनुभयो । 

गरे के हुँदैन भन्ने कुरालाई व्यावहारिक रुपमा देखाउन यही पेशाबाट पनि सिकिने भएकाले आफूहरुले फार्ममार्फत नयाँ प्रविधि भित्र्याएर काम गरिरहेको उहाँको भनाइ थियो । फार्ममा बोका, खसी, पाठापाठी, माउ र साना पाठापाठीलाई राख्ने ठाउँसमेत छुट्टाछुट्टै बनाइएको र त्यसका लागि काठ र बाँस प्रयोग नगरी चीनबाट ल्याइएको प्लाष्टिकको टाँड प्रयोग गरिएकोे छ । त्यससँगै फोर्स क्लिनर र च्याप्टर उपकरणसमेत खरीद गरिएको छ । “यसले फार्म गन्हाउने, कुहिने समस्याबाट मुक्त गराउनाका साथै लामो समयसम्म टिकाउ हुन्छ र बेला बेलामा भत्काइरहनुपर्दैन ।” सञ्चालक बस्नेतले भन्नुभयो, “सरसफाइ गर्न पनि सजिलो भएको र रोगब्याधिबाट पनि मुक्त हुने खालको सामग्री प्रयोग गरिएको छ ।” साना साना कुराले पनि धेरै असर गर्ने भएकाले आफूहरुले त्यस्ता कुरामा समेत जोड दिएको उहाँले बताउनुभयो ।

बाख्रापालनसम्बन्धी किताब र इन्टरनेटबाट त्यसको विधि, प्रक्रिया र अपनाउनुपर्ने सावधानीलगायतका विषयमा अध्ययन गर्दै दैनिकजसो पशु प्राविधिकसँग परामर्शसमेत लिइरहेको सञ्चालक बस्नेतको भनाइ थियो । शून्यबाट नै शुरु गरिए पनि त्यसमा आफू सफल भएरै छाड्ने उहाँले जिकिर गर्नुभयो । “मलाई ९० प्रतिशत मान्छेहरुले सफल हुँदैनस् भनिरहेका छन्, तर म गरेरै देखाउँछु भनेर लागिरहेको छु ।”, सञ्चालक बस्नेतले भन्नुभयो ।

आफूले गरेको अध्ययनमा २९ प्रतिशत मात्रै मासु हाम्रो देशमा उत्पादन हुँदो रहेछ, अरु बाँकी सबै चीन र भारतबाट आयात हुँदोरहेछ । “त्यसको आपूर्तिमा स्वदेशबाट नै केही सहयोग गर्न र अर्को सबैभन्दा चुनौतीको पेशालाई अङ्गाल्ने क्रममा बाख्रा पालनलाई रोजेँ ।” उहाँले जोड दिनुभयोे, “पशुपालनमा भैँसीपालन र गाईपालनभन्दा बढी गाह्रो व्यवसाय भनेकै बाख्रापालन भएकाले पनि यही व्यवसायलाई नमूनाको रुपमा अगाडि बढाउन शुरु गरेका हौँ ।”

बस्नेतसँगै अर्का एक इञ्जिनीयर पनि फार्ममा साझेदारीको रुपमा रहनुभएको छ । साथी र आफूले सल्लाह गरेर सो पेशा थालनी गरेको उहाँले बताउनुभयो । यसअघि उहाँहरु दुवैले सहकारीमार्फत तरकारीखेतीदेखि साबुन बनाउने व्यवसाय थालनी गरे पनि ती काम असफल भएपछि बाख्रापालनतर्फ लागेको सञ्चालक बस्नेतले जानकारी दिनुभयो । 

खसी बोकाको बजारको अवस्था पनि राम्रो रहेको उहाँको भनाइ थियो । “अहिले बजारमा हेर्ने हो भने खसीबोकाको अभाव छ, हामीले पालन गरेको खसी, बोका र बाख्राका लागि टाढाको बजार जानै पर्दैन, यही पनौती, बनेपा र धुलिखेल नै बजारको लागि काफी छ ।”,सञ्चालक बस्नेतले भन्नुभयो ।

रोग प्रतिरोधात्मक बाख्रापालन

धेरैजसो बाख्रा फार्म सञ्चालन गर्नेले जमुनापारी जातको बाख्रा ल्याउने र जसमा रोग प्रतिरोधात्मक क्षमता नभएर मर्ने अनि घाटामा जाने अवस्था देखेर त्यसबाट मुक्त हुन आफूहरुले खयरजाताका बाख्रालाई क्रस गराएर नयाँ जात निकाल्ने प्रयासमा लागिरहेको उहाँले जानकारी दिनुभयो  । त्यस्ता जातको बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने र मर्ने दरमा कमी आउने उहाँको भनाइ थियो ।

त्यससँगै बाख्राको पाठी उत्पादन गरेर सहकारीमा आबद्ध सदस्यलाई एक घरलाई दुई वटासम्म बाख्रा वितरण गर्ने र त्यसको रेखदेख आफैँले गरेर बजारीकरणका लागि फार्मबाट नै गर्ने योजनाअगाडि बढाइएको उहाँको भनाइ थियो ।    

दाना उद्योग सञ्चालन गरिने

बाख्रापालनसँगै उहाँहरुले अब दाना उद्योग सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ । त्यसका लागि उपकरण खरीद गर्न रु ६० देखि ७० लाख पर्ने र अरु फार्मका बाख्रा, गाई र भैँसीपालन गर्ने किसानलाई बिक्री गर्ने योजनामा लागेको सञ्चालक बस्नेतले बताउनुभयो । 

बस्तुभाउको लागि आवश्यक पर्ने घाँस पात बर्खामा पर्याप्त भए पनि हिउँदमा नहुने भएकाले वरिपरि भएका रुख बिरुवाको घाँसपात खरीद गरी पेलेर चक्की बनाएर विक्री गर्ने सोचमा रहेको त्यस उद्योगले गर्दा बाख्रापालन व्यवसायलाई थप सहयोग गर्ने उहाँले बताउनुभयो । बाख्रापालनसँगै सञ्चालक नमूनाको रूपमा माछापालन गर्न प्लाष्टिकको पोखरी र नयाँ प्रविधिको मौरीको घार समेत चीनबाट ल्याएर परीक्षण गरिरहेको उहाँले बताउनुभयो । सो फार्मलाई अध्ययन केन्द्रकै रुपमा विकास गरेर अगाडि बढ्ने सोचका साथ अगाडि बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग