By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    31 minutes ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    1 hour ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    6 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    23 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जसले विदेश त्यागेर कृषि रोजे
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > जसले विदेश त्यागेर कृषि रोजे
काठमाडौँ - KTMकृषि गतिबिधी

जसले विदेश त्यागेर कृषि रोजे

साझासवाल
Last updated: September 21, 2019 4:37 am
साझासवाल
6 Min Read
Share

रामबहादुर थापा/तारानाथ आचार्य | असोज ४, बाग्लुङ |  “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याउनुभयो ।

गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाल्नुभयो । कोरियाको सपना टुट्यो । मन जापानतिर गयो । “जापानका लागि प्रयास गरेँ, काम भएन, पैसा पनि गयो”, उहाँले भन्नुभयो, “केही नलागेपछि दुई वर्ष दिल्लीमै बसेर भाँडा माझेँ, त्यसपछि घर फर्के ।” 

सित्तैमा कसैले लान्छु भने पनि विदेश नजाने निर्णय लिएर थापा विसं २०६८ मा घर फर्कनुभयो । उहाँ विदेशको सपना त्यागेर गाउँ फर्कदाँ छिमेक र टोलका युवाहरु भने कोही जापान त कोही अरबतिर भविष्य खोज्दै थिए ।

“कहिल्यै विदेश नजाने सङ्कल्प गरेर म दिल्लीबाट घर आएँ, त्यतिबेला मेरो साथमा रु छ हजार मात्र थियो”, थापाले भन्नुभयो, “गाउँ आएपछि कृषिमा केही गर्ने सोच पलायो, व्यावसायिक बाख्रापालनतिर लागेँ ।” उहाँले आफूसँग बचेको त्यही रु छ हजारबाट बाख्रापालन शुरु गर्नुभयो ।

दुईटा बाख्राबाट शुरु गरेको व्यवसाय अहिले ‘घुम्टे बाख्रापालन फार्म’मा परिणत भएको छ । फार्ममा अहिले स्थानीय खरी, बोयर र जमुनापारि जातका गरी ६० बाख्रा छन् । फार्ममा उत्पादन भएका खसीबोका चलेको मूल्यमा स्थानीय बजारमै बिक्री हुन्छन् । खर्च कटाएर बाख्रापालनबाट वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको थापा बताउनुहुन्छ । उहाँलाई बाख्रापालन व्यवसायमा श्रीमती रीताको सहयोग र साथ छ । 

तत्कालीन जिल्ला पशु सेवा कार्यालय र गलकोट नगरपालिकाले पनि बाख्रापालनमा अनुदान सहयोग उपलब्ध गराएका छन् । उन्नत जातको बोका राखेर बाख्रापालन व्यवसायलाई थप विस्तार गर्ने योजना थापाको छ । “गाउँका अधिकांश युवा सबै विदेश छन् मैले भने स्वदेशमै केही गर्ने अठोटका साथ काम गरिरहेको छु, कृषिलाई नै मूल पेशा बनाएको छु”, थापाले भन्नुभयो । 

गत वर्ष मलेसियाबाट फर्कनुभएका निसीखोला गाउँपालिका–३ झिवाखोलाका राजमान बुढा पनि विदेशको रहर पुरा भएको बताउनुहुन्छ । प्रदेशी भूमिमा भोकनिद केही नभनी पसिना बगाउने बुढा अहिले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य देखिरहनुभएको छ । तीन वर्ष बहराइन र दुई वर्ष मलेसियामा काम गर्दाका कष्टपूर्ण क्षण भने उहाँको सम्झनामा ताजै छन् । 

“घरमा किराना व्यवसाय छ, तरकारी खेती गरेको छु, विदेशको जति कमाइ यहीँ छ”, उहाँले भन्नुभयो । धन कमाउने आशामा खाडीमुलुक चहार्नुभएका बुढा आखिरीमा घर फर्केर कृषिको व्यावसायीकरणतर्फ लाग्नुभयो । विदेशबाट फर्केर झिवाखोलामा कृषि कर्म गर्नेमा बुढा एक्लो हुनुहुन्न । बुढालाई कृषिमा साथ दिनुभएको छ सोही ठाउँका विमल शाहीले ।

शाही पनि अघिल्लो वर्ष नै दुबईबाट घर फर्कनुभएको थियो । एक वर्ष पनि दुबई नबसी फर्कनुभएका शाही, बुढा र अर्का स्थानीय श्यामबहादुर शाही मिलेर सामूहिक तरकारी खेती गरीरहेका छन् । “विदेशको दुःख, कष्ट देखेपछि स्वदेशमै फर्केर केही गर्ने सोच आयो”, बिमलले भन्नुभयो, “नेपाल आएपछि युवा मिलेर निसीखोला कृषि फार्म खोलेका छौँ ।” 

कृषिबाटै आत्मनिर्भर बन्ने उद्देश्यसहित तीनै युवा व्यावसायिक कृषिमा लागेका हुन् । “मौसमअनुसारको तरकारी उत्पादन भइरहेको छ, बजारलाई कुनै समस्या छैन”, शाहीले भन्नुभयो, “आम्दानी पनि राम्रै छ, लगानी थप्ने योजनामा छौँ ।” शुरुमा तरकारी खेतीका लागि रु चार लाख लगानी भएको उहाँको भनाइ छ । 

पाँच वर्षे कोरिया बसाइँ छोट्याएर बीचमै नेपाल फर्कनुभएका जैमिनी नगरपालिका–१ कुश्मीसेराका भीमप्रसाद आचार्य पनि हिजोआज बाख्राको स्यहारसुसारमा व्यस्त हुनुहुन्छ । आचार्यको फार्ममा अहिले २८ वटा स्थानीय खरी जातका बाख्रा छन् । 

तीन वर्षअघि कोरियाबाट फर्कनुभएका आचार्य व्यावसायिक बाख्रापालनतिर लाग्नुभएको हो । बाख्रासँगै कुखुरापालन र तरकारी खेतीलाई पनि व्यावसायिक बनाउने उहाँको योजना छ । “मासिक रु एक लाख कमाउने लक्ष्यसहित कृषिमा लागेको छु”, उहाँले भन्नुभयो, “अहिले बाख्राको बगाल बढाउने र लगानी थप्नेतिरै मेरो बढी जोड छ ।”

विगत १७ वर्ष प्रवासमा बिताउनुभएका गलकोट नगरपालिका–११ रिघाका जीतबहादुर रानामगरले पनि स्वदेश फर्केपछि कृषि रोज्नुभयो । स्थानीय रामप्रसाद पुन र शेरबहादुर श्रीससँग मिलेर आठ वर्षअघि खोलेको ‘मिलिजुली कृषि फार्म’बाट अहिले वार्षिक रु २० लाखभन्दा बढीको तरकारी उत्पादन भइरहेको छ । करीब १४ रोपनी जग्गामा तरकारी खेती भइरहेको रानामगरको भनाइ छ । 

“१२ वटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती छ, अहिलेसम्म रु ४० लाख जति लगानी भइसक्यो”, उहाँले भन्नुभयो । फार्मले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदानसमेत पाएको छ । फार्म सञ्चालनमा आएपछि दुई जनाले रोजगारीसमेत पाएका छन् ।

यी तिनै प्रतिनिधि पात्र हुन् जस्ले विदेश त्यागे, कृषि रोजे र गाउँका उदाहरण पनि बने । पछिल्लो समय विदेशबाट फर्केर कृषि उद्यममा लाग्नेको संख्या बढ्दो छ । त्यस्ता उद्यमीलाई सरकारले पनि विशेष अनुदान, सहुलियत दरको ऋण र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

विदेशबाट फर्केर व्यावसायिक कृषि गर्ने युवाले कृषिका कार्यक्रममा प्राथमिकता पाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । “लागत साझेदारीमा ५० प्रतिशतसम्म अनुदान दिन्छौँ, तालिमलगायत प्राविधिक सहयोग पनि उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो ।

कार्यालयबाट सञ्चालन हुने जैविक तरकारी खेती, नमूना फार्म र हाइटेक टनेल खेतीसम्बन्धी कार्यक्रममा बढीजसो युवानै सङ्लग्न छन् । जैविक तरकारीतर्फ बागलुङमा सबैभन्दा बढी कार्यक्रम परेको केन्द्रले जनाएको छ । यो वर्ष उक्त कार्यक्रमका लागि रु डेढ करोड बजेट छुट्टिएको छ ।

“पहिले एउटामात्र टनेल पाउने अवस्था थियो, अहिले एउटै किसानलाई लाखौँ रुपैयाँसम्म अनुदान जान्छ”, अधिकृत रेग्मीले भन्नुभयो, “कृषिमा समर्पित भएर लाग्नेलाई राम्रो अवसर छ, परिश्रमीले निराश हुनु पर्दैन ।” रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article शान्ति सेना थप्न नेपाल तयार, हाल ५ हजार ९४ नेपाली सेना शान्ति सेनामा
Next Article नवलपरासी प्रहरीद्वारा श्रीमानको हत्या गर्ने श्रीमती सहित दुई जना पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो, १० जनाको सनाखत

57 years ago
काठमाडौँ - KTMविश्व

बिल गेट्स पाकिस्तानमा

57 years ago
कपिलवस्तु - KPLकाठमाडौँ - KTMसमाज

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?