2026-11-02 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनले पशुपालक कृषक मारमा

कृष्ण न्यौपाने | चैत २८, दमौली | कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि तनहुँ जिल्लाका पशुपालक कृषकहरु समस्यामा परेका छन् । 

लकडाउनका कारण उद्योगहरु सञ्चालन नहुँदा र ढुवानीका साधन सञ्चालन नहुँदा दाना र परालको अभाव भएको कृषकको गुनासो छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका गाईपालक कृषक काशीनाथ भट्टराईले लकडाउनका कारण दाना र चोकरको अभाव भएको बताउनुभयो । “पहिलाको भन्दा भाउ निकै बढेको छ”, उहाँले भन्नुभयो, “महङ्गो भए पनि किन्न पाएको छैन् ।” यस्तै अवस्था धेरै समय हुने हो भने गाई पाल्न नसकिने भट्टराईको गुनासो छ । 

सरकारले पशुपालक कृषकलाई राहत दिन खाद्यान्न जस्तै दाना र चोकरको पनि ढुवानीमा सहजता ल्याउनुपर्ने उहाँको माग छ । लकडाउनका कारण दूध बिक्रीमा समस्या भएको शुक्लागण्डकी नगरपालिका–९ स्थित शुक्ला सुरौदी लाइभस्टक एग्रो प्रालिका अध्यक्ष ऋेश्वर भुवाईले बताउनुभयो । उहाँका अनुसार गाईभैसीलाई खुवाउने दानापानी अभाव भएपछि स्याउला खुवाउने गरिएको छ । “दानापानी सिद्धिएको छ, लकडाउनले तराईबाट आएको छैन,” उहाँले भन्नुभयो, “जङ्गल नजिकै भएकाले स्याउला खुवाएर भैसीलाई पालिरहेका छौ ।”

व्यास नगरपालिका–१३ गुदीमा भैसीपालन गर्दै आउनुभएका ईश्वरराज पन्थले लकडाउन हुँदा पराल, दाना तथा चोकरको अभाव भएको गुनासो गर्नुभयो । गाउँमा भंैसी पाल्दा यो बेलामा पराल, दाना र चोकरको ढुवानी तथा विक्रीका लागि बजारसम्म दूध ल्याउन पनि समस्या हुने भएपछि पन्थले पृथ्वीराजमार्गको छेउमै व्यास नगरपालिका–४ स्थित सिमलटारमा अस्थायी रुपमा भैसी पालनको व्यवस्था मिलाउनुभएको छ । तर राजमार्गको छेउमा भैसी ल्याएपनि पराल नहुँदा भैसीलाई खुवाउन निकै समस्या परेको उहाँको गुनासो छ ।

भैसी दुहेर दूध स्कुटरमा राखी बिक्रीका लागि व्यास नगरपालिका–१ भादगाउँ लैजादै गर्दा प्रहरीले लकडाउनको उल्लङ्घन गरेको भन्दै अभद्र व्यवहार गरी कुटपिट गरेको उहाँले बताउनुभयो ।  “लकडाउनका बेलामा दूधलाई अत्यावश्यक सेवा मानेर दूध बोक्ने सवारी सञ्चालन गर्न दिने निर्णय थाहा पाएर दूध बिक्रीका लागि हिँडेको थिएँ,” उहाँले भन्नुभयो, “तर प्रहरीले तीन घण्टासम्म नियन्त्रणमा राख्यो ।”

लकडाउनका समयमा पनि कुखुराको दाना र गाईभैसीको दाना तथा चोकरको ढुवानी निर्वाध हुने सरकारले बताएपनि त्यस्तो अवस्था नरहेको कृषकको भनाइ छ । तनहुँमा चोकर उत्पादन गर्ने उद्योग नहुदा तराई क्षेत्रबाट ल्याउनुपर्ने बाध्यता रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताउनुभयो ।

केही कृषकले चोकरको अभाव भएको बारेमा आफूलाई पनि जानकारी गराएको भन्दै उहाँले यस समस्याको सम्बोद्धनका लागि सरकारले केन्द्रीय स्तरबाट नै पहल गर्नुपर्ने बताउनुभयो । तनहुँमा करीब दुई सय ५० गाई/भैसी फार्म बढी मात्रामा चोकर दानामा निर्भर छन् । 

वडाले खरिद गर्दै, कृषकलाई बाँड्दै

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरी वडावासीलाई निःशुल्क वितरण गर्न शुरु गरेको छ । लकडाउनका कारण कृषि उपज सामग्री बिक्री नभएपछि प्रोत्साहन स्वरुप वडा आफंैले त्यस्ता उपज खरिद गर्न थालेको हो ।

वडाका किसानले उत्पादन गरेको दूध, हरियो तरकारी र अण्डा किनेर वडावासीलाई वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । दूध दैनिक रुपमा र अण्डा तथा तरकारी एक–एक दिन पालो गरेर बाँड्ने गरिएको छ ।“लकडाउनका कारण किसानको उत्पादनले बजार पाएको छैन । दूध फाल्नुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो, “किसानलाई कृषि पेशामा टिकाइराख्न वडाले नै त्यस्ता सामग्री खरिद गरेर वितरण गर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द