2026-07-26 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनले पशुपालक कृषक मारमा

कृष्ण न्यौपाने | चैत २८, दमौली | कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि तनहुँ जिल्लाका पशुपालक कृषकहरु समस्यामा परेका छन् । 

लकडाउनका कारण उद्योगहरु सञ्चालन नहुँदा र ढुवानीका साधन सञ्चालन नहुँदा दाना र परालको अभाव भएको कृषकको गुनासो छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका गाईपालक कृषक काशीनाथ भट्टराईले लकडाउनका कारण दाना र चोकरको अभाव भएको बताउनुभयो । “पहिलाको भन्दा भाउ निकै बढेको छ”, उहाँले भन्नुभयो, “महङ्गो भए पनि किन्न पाएको छैन् ।” यस्तै अवस्था धेरै समय हुने हो भने गाई पाल्न नसकिने भट्टराईको गुनासो छ । 

सरकारले पशुपालक कृषकलाई राहत दिन खाद्यान्न जस्तै दाना र चोकरको पनि ढुवानीमा सहजता ल्याउनुपर्ने उहाँको माग छ । लकडाउनका कारण दूध बिक्रीमा समस्या भएको शुक्लागण्डकी नगरपालिका–९ स्थित शुक्ला सुरौदी लाइभस्टक एग्रो प्रालिका अध्यक्ष ऋेश्वर भुवाईले बताउनुभयो । उहाँका अनुसार गाईभैसीलाई खुवाउने दानापानी अभाव भएपछि स्याउला खुवाउने गरिएको छ । “दानापानी सिद्धिएको छ, लकडाउनले तराईबाट आएको छैन,” उहाँले भन्नुभयो, “जङ्गल नजिकै भएकाले स्याउला खुवाएर भैसीलाई पालिरहेका छौ ।”

व्यास नगरपालिका–१३ गुदीमा भैसीपालन गर्दै आउनुभएका ईश्वरराज पन्थले लकडाउन हुँदा पराल, दाना तथा चोकरको अभाव भएको गुनासो गर्नुभयो । गाउँमा भंैसी पाल्दा यो बेलामा पराल, दाना र चोकरको ढुवानी तथा विक्रीका लागि बजारसम्म दूध ल्याउन पनि समस्या हुने भएपछि पन्थले पृथ्वीराजमार्गको छेउमै व्यास नगरपालिका–४ स्थित सिमलटारमा अस्थायी रुपमा भैसी पालनको व्यवस्था मिलाउनुभएको छ । तर राजमार्गको छेउमा भैसी ल्याएपनि पराल नहुँदा भैसीलाई खुवाउन निकै समस्या परेको उहाँको गुनासो छ ।

भैसी दुहेर दूध स्कुटरमा राखी बिक्रीका लागि व्यास नगरपालिका–१ भादगाउँ लैजादै गर्दा प्रहरीले लकडाउनको उल्लङ्घन गरेको भन्दै अभद्र व्यवहार गरी कुटपिट गरेको उहाँले बताउनुभयो ।  “लकडाउनका बेलामा दूधलाई अत्यावश्यक सेवा मानेर दूध बोक्ने सवारी सञ्चालन गर्न दिने निर्णय थाहा पाएर दूध बिक्रीका लागि हिँडेको थिएँ,” उहाँले भन्नुभयो, “तर प्रहरीले तीन घण्टासम्म नियन्त्रणमा राख्यो ।”

लकडाउनका समयमा पनि कुखुराको दाना र गाईभैसीको दाना तथा चोकरको ढुवानी निर्वाध हुने सरकारले बताएपनि त्यस्तो अवस्था नरहेको कृषकको भनाइ छ । तनहुँमा चोकर उत्पादन गर्ने उद्योग नहुदा तराई क्षेत्रबाट ल्याउनुपर्ने बाध्यता रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताउनुभयो ।

केही कृषकले चोकरको अभाव भएको बारेमा आफूलाई पनि जानकारी गराएको भन्दै उहाँले यस समस्याको सम्बोद्धनका लागि सरकारले केन्द्रीय स्तरबाट नै पहल गर्नुपर्ने बताउनुभयो । तनहुँमा करीब दुई सय ५० गाई/भैसी फार्म बढी मात्रामा चोकर दानामा निर्भर छन् । 

वडाले खरिद गर्दै, कृषकलाई बाँड्दै

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरी वडावासीलाई निःशुल्क वितरण गर्न शुरु गरेको छ । लकडाउनका कारण कृषि उपज सामग्री बिक्री नभएपछि प्रोत्साहन स्वरुप वडा आफंैले त्यस्ता उपज खरिद गर्न थालेको हो ।

वडाका किसानले उत्पादन गरेको दूध, हरियो तरकारी र अण्डा किनेर वडावासीलाई वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । दूध दैनिक रुपमा र अण्डा तथा तरकारी एक–एक दिन पालो गरेर बाँड्ने गरिएको छ ।“लकडाउनका कारण किसानको उत्पादनले बजार पाएको छैन । दूध फाल्नुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो, “किसानलाई कृषि पेशामा टिकाइराख्न वडाले नै त्यस्ता सामग्री खरिद गरेर वितरण गर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ