2026-07-26 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशमा कृषि उपजका लागि द्रुत कार्य समूह

वैशाख ९, कास्की | कोरोना भाइरसको महामारीसँग जुध्न जारी बन्दाबन्दीको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारणले सिर्जित परिस्थितिमा प्रदेशका ११ वटै जिल्लामा कृषि तथा पशुपन्छीजन्य खाद्य बस्तुको सहज बिक्रीवितरण तथा कृषि तथा पशु उत्पादन सामग्री, बीउविजन, मल, औषधि, घाँस, दानाको निर्वाध ढुवानी र कृषकका समस्या समाधानमा सहजीकरणका लागि सो टोली गठन गरिएको हो । 

टोलीमा मन्त्रालयका सचिव अच्युत प्रसाद ढकाल, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनप्रसाद पुन, कृषि विकास निर्देशनालयका निर्देशक निलकण्ठ पोखरेल, मन्त्रालयका उपसचिव डा गृष्म न्यौपाने, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ तथा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारी हुनुहुन्छ । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कृषकले उत्पादन गरेको बस्तुको बिक्रीवितरण, कृषिजन्य उत्पादनको सहज  ढुवानी तथा जारी लकडाउनमा आइपर्ने कृषि तथा पशुपालन सम्बन्धी समस्याका समाधानमा यस टोलीबाट सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषकलाई कुनै समस्या परेमा टोलीलाई खबर गर्न पनि आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ