By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    2 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा
काठमाडौँ - KTMकृषि गतिबिधी

विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

साझासवाल
Last updated: July 27, 2020 7:15 am
साझासवाल
3 Min Read
Share

साउन १२, रामपुर (रासस) | पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताउनुभयो । लामो समयसम्म विदेशमा काम गर्नुभएका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाउनुभएको छ । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लाग्नुभएको छ । 

“पहिला गाउँमा कमाउने उपाय देखिएन, विदेशिनुपर्ने रहरभन्दा नि बाध्यता थियो, अहिले गाउँमै कृषि कार्यमा जाँगर बढेको छ”, उहाँले भन्नुभयो । विदेशबाट फर्केका यहाँका तीन युवा मिलेर २० रोपनी जग्गा भाडामा लिई तरकारी खेती गरेका छन् । 

समूहमा तरकारी खेती गर्दा विदेशमा पाएको दुःख भुल्दै गएको दीपकप्रसाद बस्याल बताउनुहुन्छ । करीब दश वर्ष सम्मको समय उहाँले कतारमा बिताउनुभयो । होटल क्षेत्रमा काम गर्ने बस्याल अहिले गाउँका जग्गामा परिवारका साथ काम गर्न पाउँदा खुशी हुनुहुन्छ । 

युवाले तीन वर्षअघि रु दुई/दुई लाख रकम उठाएर तरकारी खेती शुरु गरेको बताएका छन् । अहिले वर्षमा करीब रु पाँच/छ लाख बराबरको आम्दानी हुने गरेको भीमप्रसाद बस्यालले बताउनुभयो । वार्षिक रु १५ लाख बराबरको कमाई गर्ने लक्ष्य रहे पनि शुरुआती चरणमा पनि तरकारी खेतीबाट राम्रै आम्दानी भएको उहाँ बताउनुहुन्छ । यहाँ उत्पादन भएको तरकारी पाल्पा सदरमुकाम तानसेन, बुटवल बजारमा खपत भइरहेको छ । विदेशबाट गाउँ फर्केका धेरैजसो युवाले कृषि व्यवसायमा आबद्ध रहेको बगनासकाली कृषि शाखाप्रमुख राजेश बोहरा बताउनुहुन्छ । गाउँपालिकाले व्यवसायमा लागेका युवालाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रम चलाएको छ । 

यस्तै, रामपुर नगरपालिका–४ देवीस्थानमा दिलबहादुर थापा र लालबहादुर थापाले पनि समूहमा तरकारी खेती गर्नुभएको छ । उहाँहरु पनि विदेशबाट फर्केलगत्तै यस व्यवसायमा लाग्नुभएको छ । तीन वर्षअघि करीब ११ रोपनी जग्गा वार्षिक रु ४० हजार बुझाउने गरी भाडामा लिएर बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी बिक्रीबाट एक वर्षमा रु पाँच लाख आम्दानी लिनुहुन्छ । 

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गरेपछि उत्पादन राम्रो हुँदै गएको दिलबहादुर थापाले बताउनुभयो । करीब ११ वर्षको समय बहराइनमा रहँदा थापाले उच्च प्रविधिको तरकारी (हाइटेक) टनेलमा काम गर्नुहुन्थ्यो । त्यहाँको अनुभवले गाउँकै जग्गामा नयाँ सोच र प्रविधिको प्रयोग गरी तरकारी खेती शुरु गर्नुभएको हो । 

थापाको तरकारी व्यवसाय अहिले अवलोकनयोग्य बनेको छ । बहराइनमै करीब आठ वर्ष बिताउनुभएका लालबहादुर थापा पनि गाउँकै जमीनमा पसिना बगाउन पाउँदा आनन्द लाग्ने गरेको बताउनुहुन्छ । कृषकलाई नयाँ प्रविधि दिन सकियो भने उत्पादन राम्रो लिन सक्ने हुँदा प्रविधि सिकाउन स्थानीय सरकारले जोड दिनुपर्ने कृषकको माग छ । 

रामपुर नगरपालिका क्षेत्रमा करीब पछिल्लो समय कृषि व्यवसायमा युवाको आकर्षण बढ्दै गएपछि युवा स्वरोजगार अनुदानका कार्यक्रममार्फत हौसला बढाउन व्यवसायमा लगानी गरिदिएको कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताउनुभएको छ । वैदेशिक रोजगारीमा निकै सङ्घर्ष गरेका धेरैजसो युवा कृषिमा आबद्ध रहेको पाइएको छ । विदेशबाट फर्किसकेपछि युवाले समूह तथा व्यक्तिगत तवरले मिहेनतका साथ कृषिमा लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । ज्ञान केन्द्रले तोकेको कार्यविधिअनुसार काम गर्ने कृषकलाई व्यवसायमा सहयोग गर्ने उहाँले बताउनुभयो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article पर्यटन व्यवसाय सञ्चालन हुने
Next Article पाँच दिन भारी वर्षाको सम्भावना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

पूर्वयुवराज पारसले भरतमणिलाई भने- फन्नी फन्नी किप इट अप

57 years ago
काठमाडौँ - KTMटिप्स

तपाइको हत्केला चिलाउँछ ? हुनसक्छ यस्तो गम्भिर कारण !

57 years ago
काठमाडौँ - KTMबझाङ्ग - BJNसमाज

४ जनाको मलामी गएर फर्किने क्रममै दुई पक्षबीच झडप, वडा अध्यक्षसहित २ घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?