2026-10-15 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

यसरी भईरहेको छ धादिङमा निषेधाज्ञाको पालना

डि. पी छत्कुली | भदौ १३, धादिङ | सरकारले दुईसय भन्दा बढि कोरोना संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ, यी जिल्लाहरु मध्य धादिङ पनि शुक्रवार देखिनै उच्च जोखिम सूचीमा परेको छ ।

धादिङ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्मको लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । त्यसो त आज शनिवारसम्मको कोरोना संक्रमित संख्या धादिङमा २१८ पुगेको छ । स्वास्थ्यको मापदण्ड तोड्दै निषेधाज्ञालाई पनि वास्ता नगर्दै धादिङका किसानहरु भने कोरोना भन्दा पनि रसायानिक मल नपाउने होकी भन्ने चिन्तामा छन् । किसानहरु तछाड-मछाड गर्दै सनिबार बिहान देखि ठूलो भिडमा जम्मा भएको देख्न सकिन्छ । कुनै महोत्सव वा ठुलै जात्रा लागे जसरी मान्छेहरुको घुईचो देखियो । यो भिडलाई रोक्न प्रहरीहरुलाई समेत हम्मेहम्मे परेको देखियो । 

महामारीका बीच मल लिन पुगेका किसानहरु मध्ये एक हरि रिजालले भने ‘कोरोनाले कहिले मरिन्छ थाहा छैन तर एक वर्ष खाने बाली नआए जतिबेला पनि मर्न सकिन्छ ।’ त्यस्तै अर्का कृषक भन्छन् ‘रोगले भन्दा भोकले मर्ने दिन नजिकै आईसक्यो ।’ 

भिड गरेर पनि चाहेजति मल पाउन नसकेको कृषकहरुको गुनासो छ । धादिङमा बिगतको वर्षझैं यो वर्ष पनि मलको अभाव भने खड्किएको छ । कृषहरुले तोकिएको मुल्यभन्दा बढी तिर्छु भन्दा पनि पर्याप्त मल पाउन नसकेको कृषक हरी कोईरलाले बताए । उनले भने ‘सरकारले जतिनै कृषिमा क्रान्ति ल्याउछौं भनेर भाषण दिएपनि चाल भने उहि विगतका वर्षको भन्दा कुनै कमी रहेन । कहाँ आयो कुशल शासन ? कहाँ भयो कृषि क्रान्ति ? दु़ई/चार पोका बिउको पोका दिदैमा क्रान्ति आउने भए…, कृषि मन्त्रालएको जयजयकार गर्नहुन्थ्यो ।’ 

‘सनिबार मल लिन धादिङ सदरमुकाममा लागेको भीडलाई कमसेकम टोकनबाट वितरण गरेको भए सामाजिक दुरी कायम गरेरै मल लिन सकिने थियो’ एक किसानले भने । मल वितरण व्यवस्थित नहुँदा कोरोनाको डरका बीच भीडमा बसेर मल लिन बाध्य भएको एक किसानले गुनाशो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने