2026-07-26 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा धान उत्पादन बढ्यो

कार्त्तिक २८, म्याग्दी । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको, समयमै रोपाइँ भएको र खेतीको क्षेत्रफल विस्तारसँगै उत्पादन बढेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । 

गत वर्ष तीन हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । 

पहिरो, बाढी र कटानले क्षति गरेकाले धान उत्पादन अपेक्षाकृत हुन नसकेको उहाँको भनाइ छ । प्राकृतिक प्रकोपका कारण तीन प्रतिशत उत्पादन प्रभावित भएको अनुमान छ । यस वर्ष वैशाख–जेठ महिनादेखि नै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए ।

लकडाउनमा फुर्सदिला भएका कृषकहरुले बाँझो खेतमा पनि रोपाइँ गरेकाले क्षेत्रफल बढेको हो । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोगकिराको समस्या नदेखिएको र भित्र्याउँदाको समय पनि अनुकूल भएको छ । 

विगतका वर्षमा मजदूरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि शहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएकाले खेतीबाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकले बताएका छन् । 

असी प्रतिशत कृषकले धान भित्र्याइसकेका छन् । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे  र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमीनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । 

सलह, फौजीकिरा, हावाहुरी र बाढी पहिरोका कारण मकै उत्पादन भने प्रभावित भएको छ । गत वर्षको तुलनामा १६० मेट्रिक टन मकै उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीमा ६ हजार ७३३ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । 

गत वर्ष तीस हजार २६० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको छ । फौजी र सलह किराको प्रकोपका कारण मकै उत्पादन घटेको हो । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो । अर्को खाद्यबाली कोदो भित्र्याउन भने शुरु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ