2026-09-13 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा भैंसी विकास कार्यक्रम शुरु

सन्तोष गौतम । असार ४, म्याग्दी (रासस)। जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन भैँसी विकास कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनीबजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आवदेखि कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममार्फत सञ्चालनमा रहेका फार्ममा भैँसीको सङ्ख्या थप गर्ने, गुणस्तरीय दूध उत्पादन, आहाराको आपूर्ति, बजार व्यवस्थापन र गोठ सुधारमा सघाएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्द्रबहादुर भट्टले बताउनुभयो । “सय दुहुना भँैसी पालेका २० भन्दा बढी कृषकलाई समूहमा आबद्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “म्याग्दीमा मागअनुसार दूधको आपूर्ति गराउन यस वर्षदेखि शुरु भएको यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन्छाँै ।” 

बेनी नगरपालिका–६ अर्थुङ्गेको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्र र वडा नं ४ को बास्कुना कृषि सहकारी संस्था लिमिटेडलाई चालु आवमा रु १५÷१५ लाख अनुदान उपलब्ध गराइएको थियो । केन्द्रका २१ र सहकारीका ५० कृषकले ७३ भैँसीको सङ्ख्या थपेका छन् । थपिएका भँैसीका लागि गोठको क्षमता बढाउन र भकारो सुधार गर्न सहयोग गरिएको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रका अध्यक्ष कमल पौडेलले बताउनुभयो । 

“परजीवी विरुद्धको खोप, औषधि र पौष्टिक तत्व खरीद, प्याकिङ गर्ने औजार खरीद, घाँसको बीउ वितरण गरेका छौं ”, उहाँले भन्नुभयो, “समयको बचत र लागत घटाउन घाँस काट्ने च्यापकटर र पानी तताउन सोलार जडान गरेका छौं ।” मल र मूत्रको सुरक्षित व्यवस्थापन गर्न गोठको संरचना सुधार गरिएको छ । समूहका लागि राँगो खरीद, भैँसीलाई खोप लगाउन र भिटामिन खरीद गर्न कृषकलाई सघाएको उहाँले जानकारी दिनुभयो । 

खरीद गरेका भैँसी ढुवानी गर्न कृषकलाई अनुदान उपलब्ध गराइएको छ । बास्कुनाबाट दैनिक दुई सय र आधुनिक भैँसीपालन समूहका कृषकले दैनिक एक हजार लिटर दूध उत्पादन गर्छन् । बेनी–७ कुरिलाखर्कको ढुङ्गाना पशुपक्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले १२ बाट बढाएर भैँसीको सङ्ख्या १६ पुर्याएको बताउनुभयो । 

पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार म्याग्दीमा पालिएका नौ हजार ३४७ गाई र १६ हजार २८६ भैंसीबाट वार्षिक चार हजार ७२४ मेट्रिक टन दूध उत्पादन हुन्छ । दैनिक दुई हजार ५०० लिटरको हाराहारीमा दूध खपत हुने बेनीबजारमा यसअघि पर्वतको मल्लाज, लेकफाँट, धाइरिङ, पोखरा र बागलुङबाट दूध आयात हुने गर्दथ्यो । 

पछिल्लो समय अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिङ्गा, सिमलचौर, बरञ्जा, घतान, तोरीपानी, पात्लेखेतका कृषकले व्यावसायिक गाईभैँसीपालन गर्न थालेपछि आयात घटेको छ । विशेष गरेर युवाहरुले वैदेशिक रोजगारको विकल्पमा पशुपालन गरेर स्वरोजगार बनेका बेनपा–६ एकपाटेका कृषक रामु शर्माले बताउनुभयो । 

कृषकहरु व्यावसायिक गाईभैंसीपालनमा आकर्षित भएसँगै बजार र आहारा आपूर्तिको व्यवस्थापनको चुनौती देखिएको छ । जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनाका साथै कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि दूधको बजार व्यवस्थापन तथा आहारा उत्पादनमा जोड दिइएको पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक सुभाष रेग्मीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन