2026-07-26 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा

असार ७, गण्डकी (रासस) । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा यसलाई अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउने उल्लेख गरिएको छ ।  

दूध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ निर्माण, तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरताका साथ उत्पादनका आधारमा अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष युवराज कँुवरले जानकारी दिनुभयो ।

गाउँपालिकाअन्तर्गतका सहकारी संस्थालाई सबल रूपमा सञ्चालन गर्न पशु बिमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भूईं घाँस, पोषिलो हिउँदे घाँस, बहुवर्षे डालेघाँसका बिरुवा लगाउने तथा नर्सरी स्थापना गर्नेजस्ता कार्यक्रम सञ्चालन गरी दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति लिइएको छ ।।  

व्यावसायिक पशुपालन, पशु बिमा, गोठ तथा भकारो सुधार उन्नत नश्लका गाई, भैंसी तथा बाच्छा–बाच्छी, पाडा–पाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने, दूध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैंसीपालन कार्यक्रमलाई प्रथामिकता दिइने गाउँपालिकाले जनाएको छ । प्राथमिक पशु उपचार सेवालाई निरन्तरता दिइने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । पशुपालक कृषकमा सीप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजाने कार्यमा जोड दिई कृषक समूह, समिति, सहकारी, गैरसहकारी संस्था र गाउँपालिकाबीच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

पशुपालनका क्षेत्रमा आधुनिक प्रविधि सुधार गर्न ‘काम गरेर सिक्छ, देखेर विश्वास गर्छ’ भन्ने नारालाई कार्यान्वयन गर्न व्यावसायिक किसानलाई नमूना पशुपालन फर्महरूको अवलोकन तथा तालीम जस्ता कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कुँवरले बताउनुभयो । पशुपंक्षीतर्फ कुखुरा, कालिज पालन व्यवसायलाई व्यवसायीकरण गरी एक निश्चित मापदण्डका आधारमा अण्डा र मासु उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आयआर्जनमा वृद्धि गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार माछापालन व्यवसायलाई विस्तार तथा वृद्धि गर्न भुरा वितरण तथा पोखरी निर्माण गर्न जोड दिनुका साथै मत्स्यपालन क्षेत्रमा कृषकहरुको आकर्षण अभिवृद्धि गरिने बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ