By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    51 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    4 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोरोनाको कहरसँगै दाङमा रोपाइँको चटारो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > कोरोनाको कहरसँगै दाङमा रोपाइँको चटारो
कृषि गतिबिधीदाङ्ग - DNG

कोरोनाको कहरसँगै दाङमा रोपाइँको चटारो

साझासवाल
Last updated: June 22, 2021 9:29 am
साझासवाल
9 Min Read
Share

नारायणी रजौरे र रञ्जिता अधिकारी । असार ८, दाङ (रासस)। कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी छ । दाङ जिल्ला पनि यसबाट अछुतो छैन । केही समय अघिसम्म त दाङ कोरोना भाइरसको सङ्क्रमणबाट देशकै सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको थियो, त्यसैले यहाँ अहिले पनि निषेधाज्ञा हटेको छैन । पछिल्लो हप्ता भने यहाँको अवस्थामा कमी आएको छ । अस्पतालमा शय्या पाइन थालिएको छ भने मृत्यु हुनेको सङ्ख्या पनि स्वात्तै घटेको छ । जिल्लाका स्वास्थ्य अधिकारी कोरोनाको कहर घटेको तर नहटेको बताउँछन् । 

यसबीचमा यहाँका किसान खेतीपातीको काममा जुट्न थालेका छन् । उनीहरु अहिले भने धान रोपाइँमा व्यस्त छन् । यसपालि मनसुन छिटै सक्रिय भई निरन्तर वर्षाजारी रहेकाले खेती गर्न सजिलो भएको किसान बताउँछन् ।

विगतका वर्षमा जिल्लामा असार मध्यतिरबाट मात्र धान रोपाइँले गति लिन्थ्यो तर यसपालि असार लाग्दैगर्दा किसानलाई धान रोपाइँको चटारोले छोएको छ । समयमै  वर्षा शुरु भएकाले किसानलाई धानको बीउ राख्नदेखि रोप्नेसम्मको काममा भ्याइनभ्याइ छ । मानो छरेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतीपातीको काममा ब्यस्त देखिएका छन् ।

लगातार परेको पानीका कारण आफूलाई धान रोपाइँमा सजिलो भएको बताउनुहुन्छ तुलसीपुर उपमहानगरपालिका–६ का ३४ वर्षीय डिल्ली चौधरी । उहाँ भन्नुहुन्छ, “विगतका वर्षमा समयमा पानी नपर्दा आकाश हेरेर बस्नुपर्ने हुन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन ।” कोरोनाको कहर भए पनि वर्षभरि खाने अन्य बाली धान नै भएकाले जोखिमै लिएर भए पनि काम त गर्नैपर्यो भन्नुहुन्छ चौधरी । उहाँ भन्नुहुन्छ “विगतका वर्षमा गोरुले खेत जोत्नु पर्दथ्यो, समय धेरै लाग्थ्यो, अहिले भाडामा हाते ट्र्याक्टर ल्याएर जोतियो, त्यसैले समयको बचतसँगै काम गर्न पनि सजिलो भयो ।” 

आजभोलि काममा धेरै व्यस्त भएर होला कोरोनाको डर पनि कम लाग्ने गरेको उहाँले बताउनुभयो । डर कम भए पनि सावधानी भने अपनाएर काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले यसपटक पहिलो रोपाइँ असार ६ गतेदेखि शुरु गरेको बताउनुभयो । जेठको दोस्रो सातामा व्याड राखेको र छिटै रोप्न बीउ पनि तयार भएको उहाँले भन्नुभयो ।

घोराही–६ निवासी महेश चौधरीलाई पनि यो झरीले घरभित्र रोक्न सकेन । उहाँ धान रोप्न खेतसम्म पुग्नुभएको छ । “एकनास झरी पर्दा खेती गर्न सजिलो भएको छ”, महेशले भन्नुभयो “पानी नहुँदा धान कसरी रोप्ने भन्ने चिन्ता हुन्थ्यो । यसपाली पानीले राम्रो साथ दिएको छ ।” यसपटक रोपाइँका लागि समयमै रासायनिक मल पनि प्राप्त भएकाले खेती राम्रो हुनेमा आफू ढुक्क भएको उहाँको भनाइ छ । 

लमही नगरपालिका–५ की ३५ वर्षीया सीता चौधरी पनि आजभोलि धान रोपाइँमा व्यस्त भएको बताउनुहुन्छ । त्यहाँको एक निजी विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत उहाँ अहिले कोरोनाका कारण विद्यालय बन्दहुँदा दिनहुँ धान रोपाइँमा जाने गरेको बताउनुहुन्छ । दाङको देउखुरी क्षेमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने गरेको छ । यसपटक कोरोनाका कारण घरभित्र धेरै समय विताएका यहाँका किसान खेतीपातीको समय नजिकिएपछि भने खेतबारीमा काम गर्न थालेका देखिएको छ । देउखुरी क्षेत्रमा खेतीका लागि प्रविधिको प्रयोग बढ्दो छ । 

दाङमा रासायनिक मलको अभाव छैन

दाङमा   कोभिड–१९ का कारण किसानलाई आलोपालो गरेर रासायानिक मल  वितरण गरिए पनि अभाव भने नरहेको सम्बन्धित कार्यालयले जनाएको छ । धान खेतीका समयमा किसानले मल लगेर रोपाइँको काम बढाइरहेका छन् । सरकारले आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउँदा अनुदानमा बिक्री गरिने युरिया र डिएपी मलको अभाव नभएको निकायले जनाएका छन् ।

खेतीपातीको समय शुरु हुँदा कोभिड–१९ का कारण ढुवानीमा केही दिन ढिला भए पनि सरकारले अनुदानको मल उपलब्ध गराउँदा किसानलाई मलको अभाव भएन । त्यस्तै यहाँ सहकारीका माध्यमबाट किसानलाई मल दिने व्यवस्था गरिँदै आएको छ ।  

सरकारले किसानको मागको आधारमा मल बितरण गरेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेले बताउनुभयो । कृषि केन्द्रले बजार मूल्यभन्दा ७० प्रतिशत सस्तोमा मल बिक्री गर्ने भएकाले मलको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो ।

यसवर्षको धान खेतीका लागि कृषि सामग्री केन्द्र तुलसीपुरले गत जेठ मसान्तसम्म दुई हजार २९४ दशमलव ५० मेट्रिकटन युरिया बिक्री गरिसकेको छ । यस्तै दुई हजार २७० दशमलब ४०० मेट्रिकटन डिएपी बिक्री गरिसकेको छ । असी दशमलव तीन मेट्रिकटन पोटास र २१ मेट्रिकटन कृषि चुन बितरण गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

मल बिक्रीका लागि तुलसीपुर उपमहानगरपालिकामा ९२, दंगीशरणमा ११, बबईमा ८ र शान्तिनगर गाउँपालिकामा १४ सहकारी संस्थाले अनुमति पाएका प्रबन्धक न्यौपानेले बताउनुभयो ।

घोराहीले ५४ सहकारीमार्फत् रासायनिक मल बिक्री गर्दैै आएको छ । एक हजार ८३१ मेट्रिकटन युरिया, एक हजार ६३० मेट्रिकटन डिएपी र ९४ मेट्रिकटन मलका साथमा पोटास बिक्री गरेको घोराही कृषि सामग्री केन्द्रका प्रमुख टोपाराम गौतमले जानकारी दिनुभयो । घोराही शाखाले रुकुम जिल्लाको आपूर्ती पनि गर्ने गरेको छ । प्रबन्धक गौतमले यसवर्ष मलको अभाव नभएको बताउनुभयो । कार्यालयले दाङ जिल्लासहित रोल्पासमेतमा मल बिक्री गर्दै आएको छ ।

यसवर्ष किसानलाई मलको साथमा पोटास पनि बिक्रीका लागि राखिएको छ । पोटासको महत्वका बारेमा किसानलाई जानकारी नहुँदा पोटास किन्नलाई धेरै उत्साही भएनन् । माटोको अम्लीय पनबाट जोगाउन पोटासको महत्वपूर्ण भूमिका हुने भएकाले यसको महत्वको बारेमा किसानलाई जानकारी दिनु आवश्यक रहेको उहाँँको भनाइ छ । 

प्रबन्धक गौतमका अनुसार केन्द्रले घोराहीका ४१, बङ्गलाचुलीका छ र रोल्पाका सात सहकारीमार्फत् मल बिक्री गर्दै आएको छ । युरियाको मूल्य प्रति बोरा ८७१, डिएपीको प्रतिबोरा दुई हजार २७१ र पोटासको प्रतिबोरा रु एक हजार ६७१ रहेको छ । गतवर्ष मलको अभाव भएका कारण यो वर्ष फागुन महिनामै अधिकांश किसानले मल खरिद गरिसकेको प्रबन्धक गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी लमहीले ११ दशमलव ६५० मेट्रिकटन युरिया, र एक हजार २४१ मेट्रीकटन डिएपी १३३ दशमलव ४५० पोटास र कृषि चुन पाँच दशमलव चार मेट्रिकटन बिक्री गरेको कृषि शाखा कार्यालय लमहिका प्रमुख घनश्याम कहारले जानकारी दिनुभयो । लमही केन्द्रले लमही नगरपालिकामा १८, गढवामा १३, राजपुरमा ६ र राप्ती गाउँपालिकाका सात वटा गरी जम्मा ४५ वटा सहकारीमार्फत् मल वितरण गर्दै आएको छ ।

किसानले एक वर्षलाई पुग्ने मल एकै याममा राख्न खोज्ने भएका कारण मल सबैलाई भनेजती नपुगेको उहाँले बताउनुभयो । “मल कार्यालयमा मौज्जात हुन्छ, आवश्यक परेको समयमा किसानलाई बितरण गरेका छौँ, पछिलाई चाहिन्छ भनेर कसैले पनि चाहिने भन्दा धेरै मल राख्नु हुदैन” उहाँले भन्नुभयो । यसैगरी लमहीका लागि युरिया प्रति मेट्रिकटन रु १६ हजार  ३२०, डिएपी प्रतिमेट्रिकटन रु ४५ हजार ३२० र पोटास प्रतिमेट्रिकटन रु ३३ हजार ३२० निर्धारण गरेको छ ।

कृषि सामग्री केन्द्र लिमिटेडले घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले मलको मूल्य निर्धारण गरेका छन् । त्यसैगरी लमहीका लागि युरियाको रु १६ हजार ३२० प्रतिमेट्रिकटन, डिएपी रु ४५ हजार ३२० र रु सात हजार ४०० मा कृषि चुन बिक्री मूल्य मूल्य तोकिएको छ ।

 घोराहीका लागि  युरिया प्रतिमेट्रिकटन १६ हजार ४२०, डिएपि प्रतिमेट्रिकटन ४५ हजार ४२०  र पोटास प्रतिमेट्रिकटन ३३ हजार ४२० निर्धारण गरेको छ । तुलसीपुरका लागि युरिया प्रतिमेट्रिकटन १६ हजार ५२०, डिएपी प्रतिमेट्रिकटन ४५ हजार ५२० र पोटास प्रतिमेट्रिकटन ३३ हजार ५२० निर्धारण गरेको छ ।

दाङमा लोप हुँदै रैथाने जातका धान

दाङका कृषकले पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् । अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुलीलगायतका धान रोप्ने गर्दथे । अहिले ती सबै जातका रैथाने धाने लोप हुँदै गएका छन् । पछिल्लो समयमा हाइब्रेड धानको बीउ प्रयोगमा आएपछि रैथाने धान लोप हुनथालेको किसान बताउछन् । यहाँका किसानले साबित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगातका वर्णसङ्कर जातका धान लगाउदै आएका छन् । 

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धान लगाउने गरेका छन् । रैथाने धान राधा सात, मन्सुली, तिल्कीजस्ता धानले कम उत्पादन दिने भएकाले हाइब्रेड जातका धान रोप्ने गरेको किसान बताउछन् । कृषि ज्ञान केन्द्र कार्यालय दाङको तथ्याङ्कअनुसार दाङ जिल्लाको कुल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर रहेकोमा खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टर रहेको छ ।  

दाङमा धान खेती हुने कुल जमिन ६५ हजार ९८० हेक्टर रहेको छ । दाङमा बाह्रै महिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिनुभयो । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ । यसवर्ष समयमा पानी परेकाले उक्त जमिनमा बाली उब्जनी हुने र बाँझै नरहने सङ्केत देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कर्णाली प्रदेशका ३०० को कोरोनाबाट मृत्यु
Next Article भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMदाङ्ग - DNGसमाज

दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , २१ जना घाइते

57 years ago
दाङ्ग - DNGसमाज

दाङको शान्तिनगर गाउँपालिकामा सबै वडामा स्वास्थ्य चौकी स्थापना

57 years ago
कृषि गतिबिधीसुर्खेत - SKT

कर्णालीमा घरघरमै पुगेर तरकारी बेच्नुपर्ने बाध्यता

57 years ago
कृषि गतिबिधीबाग्लुङ्ग - BGL

ताराखोलाको नीति : बाँझो जमिनमा कृषि

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?