साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । 
2026-09-16 08:40 AM
काठमाडौँ - KTM

अज्ञात रोगले सुन्तला मर्न थालेपछि किसान चिन्तित

साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने देउपुरमा बोट धमाधम मर्न थालेपछि किसान चिन्तित भएका छन् । गाविसका सबै वडामा बोट मर्ने समस्या देखिएको छ । साउनको पहिलो सातादेखि सुन्तला मर्ने रोग देखापरेको थियो । 

सुरुमा पात पहेँलो भएरपछि विस्तारै बोट मर्न थालेको किसानले बताएका छन् । स्थानीय भूमिराज शर्माले अज्ञात रोगको पहिचान नहुँदा किसान समस्यामा परेको बताउनुभयो । अज्ञात रोगका कारण नयाँ तथा पुराना बिरुवा धमाधम मर्दै गएको शर्माले जानकारी दिनुभयो । 

माछापुच्छ्रे कृषि सुन्तला सहकारीका अध्यक्ष दाताराम चापागाइँले सुन्तलाको रोगको घरेलु उपचार गरेपनि समस्या समाधान नभएको बताउनुभयो । 

अज्ञात रोगको पहिचान गरी रोकथामको व्यवस्था मिलाइदिन जिल्ला कृषि विकास कार्यालयसँग अनुरोध गरिएको चापागाइँले जानकारी दिनुभयो । कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले किसानले उपलब्ध गराएको नमुना काठमाडाँैस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा पठाउन लागिएको बताउनु भयो । 

नमुना सङ्कलन गरी पठाउने तयारी भइरहेको छ, उहाँले भन्नुभयो,‘ त्यसपछि के रोग लागेको हो कसरी उपचार गर्ने भन्ने पत्ता लागिहाल्छ, । हिउँद याममा असिनाले दाना नष्ट भएर घाटा बेहोरेका किसान अहिले बोट नै मर्न थालेपछि मर्कामा परेका छन् । गाविसमा व्यावसायिक खेती गर्नेको सङ्ख्या २०० को हाराहारीमा रहेका छन् । सुन्तला बेचेर देउपुरका किसानले वर्षमा रु एक करोड भित्र्याउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु