2026-09-13 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानलाई ब्याज अनुदान : बढ्यो कृषिमा लगानी

असार २९, गलकोट (रासस)। किसानलाई लगानी बढाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई गलकोट नगरपालिकाले ब्याज अनुदान दिएको छ । ब्याज अनुदान पाएपछि यहाँका कृषकले ऋण निकालेर कृषि फार्ममा लगानी बढाउँदै गएका छन् ।

नगरपालिकालाई कृषि तथा पशुपक्षीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई ब्याज अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । यसका लागि बैंक तथा वित्तीय सहकारी संस्थासँग आवेदन माग गरेर सबैभन्दा सस्तोमा लगानी गर्नेमध्ये एक सहकारी छनोट गरिएको छ । कृषिमा भविष्य खोज्दै गरेको तर लगानी अभावमा समस्या परेका किसानले अहिले धमाधम ऋण निकालेर लगानी थप्दै र नयाँ फार्म स्थापना गर्न थालेका छन् । 

गरिब किसानले सोझै बंैक तथा सहकारीमा ऋण लिँदा धितो राख्नुपर्ने, ऋण नदिने, ब्याज धेरै हुँदा लगानी गर्न नसकेका किसानलाई नगरपालिकाले अनुदानमा ब्याज रकम तिर्ने गरी ऋण उपलब्ध गराएको छ । यसका लागि किसानले फार्म धितो राखे पुग्नेछ । चालु आर्थिक वर्षमा शुरु भएको किसानलाई ब्याज दिने योजना प्रभावकारी बन्दै गएको नगरपालिकाका पशु तथा कृषि शाखाका संयोजक हरिदत्त सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार नगरपालिका क्षेत्रबाट हालसम्म ९७ जनाले सयपत्री बहुउद्देश्यीय सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा नगरपालिकाले अनुदान लिएका छन् । 

अठार महिनाका लागि ९७ जनाले रु दुई लाखदेखि पाँच लाखसम्म फार्म धितो राखेर कृषि तथा पशु फार्म विस्तार गरेका छन् । सहकारीलाई नौ दशमलव सात प्रतिशत ब्याजमा ऋण सम्झौता भएकामा नगरपालिकाले छ दशमलव सात प्रतिशत ब्याज अनुदान दिँदै आएको सुवेदीले बताउनुभयो । यसमा तीन प्रतिशत मात्रै किसानले तिर्नेछन् । 

“लगानी नपाउँदा किसानलाई फार्म विस्तारमा समस्या भएको गुनासो किसानको थियो, कसरी लगानी बढाउन सकिन्छ भन्ने नगरपालिकाले योजना गराउँदा फार्मलाई अनुदान नदिई ब्याजमा अनुदान दिने योजना बनाएका छौँ”, सुवेदीले भन्नुभयो, “किसानले धितो राख्नसमेत समस्या भएर फार्म विस्तार नभएका किसानलाई ब्याजमा अनुदान दिँदा प्रभावकारी बन्दै गएको हो, ब्याजमा अनुदान दिन थालेपछि नगरपालिकामा ११० प्लाष्टिक टनेल तथा ४० पशुपक्षीको फार्म विस्तार भएको छ ।”

अनुदान दिँदा किसानले अनुदानका लागि मात्रै फार्म विस्तार गर्ने, पछि निरन्तरता नदिने र नक्कली किसानले लाभ लिनसक्ने भएकाले असली किसानले मात्रै ऋण खोज्ने भएकाले किसानले जम्मा तीन प्रतिशतमै ऋण पाउने गरी सहकारीसँग सम्झौता गरेको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । नगरपालिकाले दिएको ब्याज अनुदानमा ऋण निकालेर दुई प्लाष्टिक टनेल थपेको गलकोट–५ का किसान राजु बस्नेतले बताउनुभयो । उहाँको कृषि तथा पशुपक्षी फार्ममा १० भैँसी, दुई गाई तथा प्लाष्टिक टनेल भएकामा ब्याज अनुदान पाएपछि ऋण निकालेर थप दुई टनेल थपेर सात पुर्याउनुभएको छ । 

ब्याज अनुदान दिन सम्झौता गरेको सहकारीबाट ९७ कृषकले रु दुई करोड ९७ लाख ऋण लगेको सयपत्री बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । नगरपालिकाले दूधमा समेत पालिकालाई आत्मनिर्भर गराउन भैंसी  पकेट क्षेत्रसमेत बनाउन थालेको छ । गलकोट–८ र ९ मा रु ४१ लाख लागतमा ८० उन्नत जातका पाडापाडी खरिद गरी भैँसी पकेट क्षेत्र बनाउने र रु २५ लाखको लागतमा हटिया बजारमा चिस्यान केन्द्र स्थापना गर्ने नगरपालिकाको योजना छ । उन्नत जातका पाडापाडी संरक्षण गरी हुर्काएर भैँसी पकेट क्षेत्र बनाई चार स्थानमा सङ्कलन केन्द्र बनाई हटिया बजारमा दूध बिक्री गर्ने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख गैरेले जानकारी दिनुभयो । यसका लागि घुम्टे भैँसी पकेट नामकरण गरेर काम अगाडि बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन