2026-09-12 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीभरिका पशुलाई खोप दिइने

भदौ ४, कास्की (रासस)। महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ ।

‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षाका लागि गाई, भैँसी, बाख्रा, बङ्गुर र भेडामा यस वर्ष पूर्ण खोप कार्यक्रम सञ्चालनको योजना बनाएको छ ।

गत वर्ष माछापुछ्रे र रुपा गाउँपालिकामा पुशमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिएकामा यस वर्ष पोखरा महानगरपालिका, मादी र अन्नपूर्णमा पूर्ण खोप कार्यक्रम सञ्चालनको कार्यक्रम अघि बढाइएको भेटेरेनरी अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताउनुभयो ।

उहाँका अनुसार यसअघि पूर्ण खोप पालिका घोषणा भएका माछापुछ्रे र रुपामा समेत थप भएका पशुमा पुनः खोप दिइनेछ । खोप कार्यक्रममा महामारी  रोगविरूद्ध भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप दिइने छ ।

“महामारीजन्य र जुनोटिक (मानव र पशुपक्षीबीच एकापसमा सर्ने) रोग नियन्त्रण गरी रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा गर्न पशुमा खोप लगाउनु महत्वपूर्ण छ”, प्रमुख डा शर्माले भन्नुभयो, “सबैको सहयोगबाट कास्कीलाई नै पशुमा पूर्ण पशु खोपयुक्त जिल्ला बनाउने योजनामा छौँ ।”

खोप अभियान सञ्चालका लागि सुरुआतमा पशु तथ्याङ्क सङ्कलन, खोपको महत्वका बारेमा प्रचारप्रसार, खोप खरिद तथा भण्डार र खोपकर्ता छनोट गरी अभिमुखीकरणपछि खोप कार्यक्रम सुरु हुनेछ । यसैगरी खोप लगाउँदा गाई, भैँसी र बङ्गुरलाई कृषकका सम्बन्धित गोठ र फार्ममा नै पुगेर लगाइने तथा भेडा, बाख्रा र कुकुरका लागि निश्चित स्थान तोकिने कार्ययोजना छ ।

खोप कार्यक्रम सम्पन्न भएपछि पशुको शरीरमा विकास भएको प्रतिरोधात्मक क्षमता परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार भएमा पूर्ण खोपयुक्त घोषणा गरिने कार्यालयले जनाएको छ । पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य  रोगको उपचार तथा नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ ।

भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रायलका सचिव सवनम शिवाकोटीले तीन वर्षभित्रमा प्रदेशका ८५ वटै स्थानीय तहमा पशुको पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार मानव स्वास्थ्य, पशु अधिकार र समृद्धिका लागिसमेत खोप महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन