2026-09-12 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङमा बर्खे आलु कुहियो

भदौ ७, बलेवा (रासस)। बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपु¥याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो ।ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसीखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

 यहाँका अधिकांश किसानको मुख्य खेती नै आलु हो । शीतभण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो दमेकका किसान वेद छन्त्यालले बताउनुभयो । “प्रत्येक घरले कम्तीमा ३० मुरी आलु उब्जाउ गर्छन्, यो वर्ष त्रिलोचन सापकोेटाले ८० मुरी उत्पादन गर्नुभयोे”, उहाँले भन्नुभयो, “आलु उत्पादन राम्रो भए पनि व्यवस्थित शीतभण्डार नहुँदा कुहिन थालेको छ ।” झण्डै १० टन आलु कुहिएपछि खाडल खनेर गाडिएको छ ।

यस वर्ष भकुण्डेको आलु धेरै कुहिएको छ । त्यहाँका किसानले  अन्नसँग आलु सटही गर्छन् भने  केहीले आलु बिक्री गरेर अन्न भित्र्याउछन् । “यस वर्ष आलु धेरै नै कुहियो”, किसान यामबहादुर थापाले भन्नुभयो, “हाम्रो त मुख्य पेशा नै यै हो, आलु बिग्रिए छाक टर्दैन ।” 

वर्षा धेरै भएकाले आलुमा क्षति व्यहोर्नु परेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “पहिलो कुरा ड्याङ बनाएर किसानले आलु लगाउँदैनन्, समथर जमिनमा लगाएको आलुमा पानी धेरै हुन्छ र कुहिन्छ”, उहाँले भन्नुभयोे, “वर्षा धेरै हुँदा पानी तर्काउनुपर्ने हो, किसानलाई सबै ज्ञान दिलाउन सकिएको छैन् ।” फसल लगाएपछि भण्डारणमा त्रुटि हुँदा पनि आलु कुहिने हुन्छ । 

उहाँले भन्नुभयो, “छायाँपर्ने ठाउँमा राम्रोसँग सुकाएर मात्रै आलुको भण्डार गर्दा क्षति हुने सम्भावना कम हुन्छ ।  अघिल्लो वर्ष डढुवा रोग लागेको आलुको बीउ लगाए   कुहिन्छ भन्ने कुराको  ख्याल किसानले नगरेकाले जिल्लाभर यस्तै समस्या देखिको छ ।” 

आलुबालीमा भएको क्षतिका सम्बन्धमा जैमिनी नगरपालिकाको कृषि शाखाले चासो देखाएको छ । “शीत भण्डारकै कारण आलु कुहिएको हो भन्न सकिन्न, प्राविधिक त्रुटि होलान्”, कृषि प्राविधिक रविन्द्र शर्माले भन्नुभयो, “पकेट क्षेत्रमा शीतभण्डार निर्माणका लागि प्रस्ताव गरेका छौँ, स्वीकृत भएमा अर्को वर्ष शीतभण्डार बन्छ ।” सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार निर्माण गर्ने गरी प्रस्ताव तयार भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन