By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    22 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    24 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दूध बेचेरै पाँच करोड कमाई
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > दूध बेचेरै पाँच करोड कमाई
कृषि गतिबिधीबाग्लुङ्ग - BGL

दूध बेचेरै पाँच करोड कमाई

साझासवाल
Last updated: September 17, 2021 6:41 am
साझासवाल
4 Min Read
Share

खेमराज गौतम | असोज १, गलकोट | सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।

सहकारीमार्फत सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसान दीर्घकालीनरूपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष तथा अगुवा कृषक बालानन्द कँडेलले बताउनुभयो । 

चौधवटा सहकारीमा किसानले ल्याएको दूधलाई पुनः एकमुष्ट सङ्कलन, प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको बागलुङ बजारस्थित बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आवमा मात्रै किसानबाट रु पाँच करोड बढीको दूध खरिद गरेर बिक्री वितरण गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताउनुभयो ।

“किसानले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो”, अध्यक्ष गौतमले भन्नुभयो, “किसान बिचौलियाको मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा पुर्याउने काम गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको दुई हजार ५०० लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह आएको छ ।” 

दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिरलगायतका काम गर्दै आएको अध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार सहकारीले आव २०७७÷७८ मा मात्रै किसानलाई रु पाँच करोड बढी दूध खरिदवापतको रकम भुक्तानी दिएको र सहकारी सङ्घसमेत रु ६० लाख खुद बचत गर्न सफल भएको छ । 

काठमाडौँ निर्यात हुन्छ बागलुङको छुर्पी

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झण्डै एक हजार ५०० किसानले धेरथोर दूध बजारीकरणका लागि पठाउँछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ । 

त्यसमध्ये काठमाडौँ निर्यात हुने उत्पादन छुर्पी रहेको दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिनुभयो । आव २०७७/७८ मा मात्रै रु २९ लाख ५५ हजारको दूधबाट बनेको परिकार छुर्पी बिक्री गरेको र अधिकांश छुर्पी काठमाडाँै निर्यात हुने उहाँको भनाइ छ । सहकारीले गत आवमा रु ४८ लाख ६६ हजारको दही, रु २० लाख ४४ हजारको घ्यू, रु २९ लाख १२ हजारको पनिर, रु एक लाख ८६ हजारको नौनी, रु एक लाख ९९ हजारको खुवा र रु आठ हजार ५६८ को लस्सी बिक्री गरेको छ । आफ्ना उत्पादनलाई बढाउँदै लैजाने र यस वर्ष रु ५० लाखको छुर्पी निर्यात गरी बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रूपमा परिचय दिने सहकारी सङ्घको योजना रहेको अध्यक्ष गौतमले बताउनुभयो । 

अहिले छुर्पीलाई सहकारी सङ्घले प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आवद्ध किसानले सहकारीमा आवद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताएका छन् । सहकारी सङ्घमा १५ कर्मचारीले सङ्कलन भएको दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गरेर सेवा प्रदान गर्दै आएका छन् । सहकारीको उपयुक्त मोडलका रूपमा दूग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ देशकै नमूना दुग्ध उत्पादक सहकारी सङ्घका रूपमा स्थापित रहेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियानकर्मी रामबहादुर जिसीले जानकारी दिनुभयो ।

कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी सङ्घले दुध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको जिसीको भनाइ छ । “दैनिक एक हजार ५०० कृषकले आयआर्जन गर्ने अवस्था दुग्ध सहकारी सङ्घले गरेको छ, यसलाई थप व्यवस्थित गराउन सरोकारवालाले ध्यान दिनुपर्छ”, जिसीले भन्नुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गुण एयरलाइन्सको पुनःउडान सुरु
Next Article संखुवासभा हत्या प्रकरण: लोकबहादुरका भाइलाई सदरमुकाम ल्याइयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बाग्लुङ्ग - BGLराजनीति

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

57 years ago

दगातुन्डाडा पर्यटकिय पदमार्ग निर्माणको लागी समिति गठन

57 years ago
अर्थ/विकासबाग्लुङ्ग - BGL

स्थानीय तहको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती

57 years ago
अर्थ/विकासबाग्लुङ्ग - BGL

बागलुङको ३ नम्बर क्षेत्रमा ढोरपाटन नगर र ३ गाउँपालिका बनाउने कांग्रेसको निर्णय

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?