2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कफी उत्पादनमा कास्कीको लोभलाग्दो प्रगति

मङ्सिर ५, कास्की | पछिल्ला दिनमा कफी संस्कृति निकै बढेको छ । सानादेखि ठूला सहरका चोकचोकमा कफी सप खुलेका छन् । बढ्दो कफी बजारका कारण गण्डकी प्रदेशका किसानहरू कफीमा भविष्य देख्न थालेका छन् । यहाँ बर्सेनि उत्पादन बढ्दै गएको छ भने आम्दानी पनि उक्लदो छ । पाँच वर्षअघि कास्कीमा ४० हेक्टर क्षेत्रफलमा कफी खेती हुने तथ्यांक थियो । अहिले एक सय ६१ हेक्टर हाराहारी जमिनमा खेती हुने तथ्न्छयांक सार्वजनिक भएकाे छ । पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेश कफी उत्पादनका हिसाबले नेपालमै दोश्रो धनी प्रदेश बनेकाे छ । नेपालभर नाै सय नाै हेक्टर क्षेत्रफलमा कफी हुँदै आएको छ ।

गण्डकीमा मात्रै वार्षिक ७६ मेट्रिक टन कफी उत्पादन हुन्छ भने १२ हजार आठ सय ९५ जना कफी किसान छन् । सबैभन्दा धेरै बागमतीमा ११६.१ मेट्रिक टन उत्पादन हुन्छ भने प्रदेश २ मा कफी उत्पादन हुँदैन । सरकारी मूल्यका हिसाबले प्रतिकिलो कफी एक हजार रुपैयाँमा बिक्री हुन्छ । ‘गण्डकीमा उत्पादन भएको कफीमध्ये २५ प्रतिशत बाहिरै जान्छ । बाँकी पोखरा र काठमाडौंका क्याफेहरूमा खपत हुन्छ,’ चिया तथा कफी विकास बोर्ड गण्डकीका प्रमुख चन्द्र पुरीले भने, ‘नेपालको कफी विश्वबजारमा राम्रो माग हुन्छ । तर, अझै उत्पादन सोँचेजति हुन सकेको छैन् ।’

पर्यटकीय राजधानी पोखराका पसलहरूमा विदेशबाट भित्र्याएका कफी खपत हुन्छ । नेपालमा उत्पादन भएका कफी भने विदेश निर्यात हुन्छ । विशेषतः कोरिया, जापान, अमेरिका, जर्मन र अष्ट्रेलियालगायत देशमा यहाँको कफी निर्यात हुन्छ । विदेशबाट भने १५० मेट्रिक टन हाराहारी गण्डकी प्रदेशमा आयात हुन्छ । ‘हामीले विदेश पठाउँदा १३ देखि १५ डलर प्रतिकिलोमा बिक्री हुन्छ । विदेशबाट पाँच डलरमै आउँछ,’ उनले थपे, ‘मूल्य राम्रो पाउन थालेपछि किसानहरू उत्साही छन् । उत्पादन बढ्दै गएको छ ।’ हरेक वर्ष गण्डकीले करिब आठ करोड रुपैयाँ आम्दानी गर्छ ।

‘केही वर्षअघिसम्म कफीको बोट उम्रिए पनि उखेलेर फालिदिन्थ्यौं,’ कास्की ढिकुरपोखरीका किसान कलाधर भुवाईंले भने, ‘अहिले किसानहरूले बुझ्न थाले । बर्षेनि नयाँ बिरुवा रोप्छन् ।’ ढिकुरपोखरीमा मात्रै पाँच हजारदेखि एक लाखसम्म आम्दानी गर्छन् । गोरखाका कफी किसान डिल्लीराम रेग्मीले व्यवसायिक खेती गरेका छन् । ‘सुरूमा कफी रोप्न खाल्डा खन्दा गाउँलेले बौलायो भन्थे । कसैको कुरा सुनिन्,’ विगत सम्झिँदै उनले भने, ‘अहिले राम्रो आम्दानी हुन थालेको छ । जाँगर भए विदेश जानु पर्दैन रहेछ ।’

गण्डकीमा कफीका लागि चाहिने अनुकुल हावापानी र जमिनका कारण यहाँको कफी विदेशी बजारमा समेत लोकप्रिय रहेको विज्ञहरू बताउँछन् । ‘यहाँको हावापानीमा कफीको उत्पादन निकै राम्रो हुन्छ,’ पुरीले भने, ‘सरकारको फोकस पनि यतै छ ।’ हरियो डलर र युरो भित्र्याउने नेपालको एउटा मात्रै बाली कफी हो । पछिल्लो समय कफीमा आकर्षित हुँदै गरेका किसान सिन्दुरे र तुसारोका कारण निराश छन् । गण्डकी प्रदेशभरी गतवर्ष कफी उत्पादन ९० प्रतिशतले घटेको थियो । ‘१८ देखि २२ डिग्री तापक्रम कफीको लागि उत्तम हो । यो वर्ष १० डिग्रीभन्दा पनि कम भयो,’ स्थानीय मनहर कडरियाले भने, ‘पछिल्ला वर्षहरूमा ‘क्लाईमेट डिजास्टर’ भैरहेको छ । क्षति बढी हुन थालेको छ ।’ नेपालबाट गतवर्ष करिब ४७ मेट्रिक टन कफी विदेश निर्यात भएको थियो । त्यसबाट नौ करोड ६० लाख भित्र्याएकोमा १० करोड ६७ लाखको कफी विदेशबाट आयात गरेको देखिएको छ ।

नेपालभर गएको वर्षमा २९६.५ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको थियो । पछिल्ला वर्षहरूमा विदेशी कफी आयातको आंकडा भने घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६र/०७७ मा पाँच करोडको कफी निर्यात भएकोमा ११ करोडको आयात भएको थियो । पछिल्लो वर्ष आयात र निर्यात करिब बराबर जस्तो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द