पुस २३, बलेवा । ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५०० रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, बलेवा । ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५०० रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो । 

<"/>
२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ताराखोलाको नीति : बाँझो जमिनमा कृषि

२०७८, २३ पुष शुक्रबार ०९:२२

पुस २३, बलेवा । ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५०० रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो । 

यसका लागि ६५ रोपनी जमिन १० वर्षका लागि भाडामा लिइसकेको छ । वडा नंं ४ को नागबेली खोलामा उक्त जग्गा लिएको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । जग्गा सदुपयोग गरेर आलुखेती गर्ने र किसानलाई नमूना फार्मका रुपमा देखाउने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । “हामीले आफ्नो उत्पादन केन्द्र देखाएर अन्य किसानलाई पनि प्रेरित गर्ने भनेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि जग्गाको खोजीमा लागेका छौँ ।” ताराखोलाको दुई हजार ३०० मिटर उचाइमा बाख्रापालन गर्ने र व्यावसायिक बनाउने योजना रहेको उहाँले जानकारीदिनुभयो । 

ताजा तरकारी उत्पादनमा पनि यो अभियान जोडिने बताइएको छ । गाउँपालिकाले समपूरक कोष र विशेष अनुदानसमेत जुटाएर यो काम गर्ने लक्ष्य राखेको छ । यो अभियान पूरा गर्न कम्तीमा रु १० करोडसम्म लाग्ने अनुमान छ । पहिलो चरणमा भने सानो रकमबाटै काम थाल्ने उहाँले जानकारी दिनुभयो । 

पालिकाले पहिलो वर्ष लिएको घरघरै उद्यमी बनाउने योजनामा यो कार्यक्रम सहयोगी हुनेछ । ताराखोलामा विशेषगरी आलु, मूला, साग, च्याउजस्ता तरकारी खेती हुने गर्छ । साथै मौसमी तरकारीको उत्पादनलाई पनि बजारीकरण गर्ने योजनाअनुसार सङ्कलन र बिक्रीको प्रबन्धमा किसानलाई नै अगुवाइ गर्न लगाएको ताराखोला ४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताउनुभयो । 

अलैँची र किबी नगदेबाली पनि यहाँ व्यावसायिकरुपमा उत्पादन भइरहेका छन् । कम्तीमा १० टन अलैँची अहिले पनि उत्पादन भइरहेको स्थानीय इन्द्र रोकाले बताउनुभयो । कतिपय स्थानमा सिँचाइका आयोजना सञ्चालन गरेमा बाँझो जमिन उपयोग हुने योजना छ । 

चालू वर्ष अर्गल सिँचाइ आयोजना सुरुआत छ । वडा नं १ देखि ५ सम्म सिँचाइका लागि पोखरी निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको छ ।  

उद्योगतर्फ घरेलु प्रकारका बढी छन् । जसमा ढुङ्गाखानी, ढाका बुनाइ, नेपाली हाते कागज जस्ता सामान यहाँ उत्पादन भरहेका छन् । भाँगो लगायतका मगर ममुदायले लगाउने अन्य पोशाक पनि बनाएर कमाइको माध्यम बनाउने छन् । उनीहरुलाई सूचिकृत गर्ने, बीउ पुँजी दिएर उत्पादनलाई व्यावसायिक बनाउन लगाउने योजना उहाँले सुनाउनुभयो । ताराखोलामा हाल पाइने रातो च्याउलाई व्यवस्थितरुपमा उत्पादन गरेर बजारीकरणमा लगाउन ग्रामीण किसानलाई तालिमसमेत दिने योजना छ । 

हाल भाँगोलाई चटनीका रुपमा प्रयोग गरे पनि सरकारी तहबाट भने गाँजाका रुपमा चित्रण हुँदा बेलाबेला नष्ट गर्नेक्रम चल्छ । संसद्मा गाँजाको व्यावसायिक खेतीलाई अनुमति दिने गरी कानुनको मस्यौदा तयार भएकाले किसान उत्साही छन् । 

“अनुमति पाएर व्यावसायिक खेती गर्नसकेमा धेरै राम्रो हुन्छ”, उपाध्यक्ष दिलकुमारी रोकाले भन्नुभयो, “राज्यले कर लिए पनि यो व्यावसायिक र उत्पादनमुखी बन्नेछ ।” बाँझो जमिन उपयोगमा भाँगोले पनि स्थान पाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो