2026-09-16 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय समिति : किसानलाई मल र सिँचाइ खोइ ?

माघ १९, काठमाडौँ | नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य देवप्रसाद तिमिल्सिनाले राज्य गम्भीर नभएकै कारण किसानले अनुदान, मल र सिँचाइको सुविधा पाउन नसकेको बताउनुभयो । समितिको बैठकमा उहाँले भन्नुभयो, “बर्सेनी बाली लगाउने मौसममा रासायनिक मल पाइन्न, सरकारले अनुदानको मल किसानलाई उपलब्ध गराउनुप¥यो, अनुदान गोवर सोहर्ने र हलो जोत्नेले होइन, कागज मिलाउनेले मात्र पाइरहेका छन्, यो के हो ।”

बैठकमा सदस्यहरूले समितिले दिएको सुझाव र निर्णय कार्यान्वयनमा ल्याए मात्रै पनि राहत पाउने थिए भन्दै समितिका निर्णय सरकारले ‘हिँड्दैछ, पाइला मेट्दैछ’ जस्तो गरेको भनी आक्रोश व्यक्त गर्नुभयो । समितिका सदस्य भूपेन्द्रबहादुर थापाले मध्यवर्ती क्षेत्रलाई व्यवस्थित तुल्याउन नसक्दा किसान जङ्गली जनावरबाट सधैँ भयभित हुनुपरेकाले सरकारले यस विषयलाई प्राथमिकतामा राखेर काम गरोस् भन्नुभयो । उहाँले भन्नुभयो, “उखु किसानले चिनी मिलबाट अघिल्ला वर्षमा बेचेको उखुको वक्यौता पैसा अझै पाएका छैनन्, पशुपक्षीलाई दाना र खेतीपातीका लागि रासायनिक मल पाइँदैन, यो विषयलाई राज्यले गम्भीर भएर हेर्नु पर्दैन ?”

सांसद राजबहादुर क्षेत्रीले किसानको हितका लागि समितिबाट भएका निर्देशनलाई सरकारले बेवास्ता गरेको भनी गम्भीर समीक्षाको माग गर्दै मध्यवर्ती क्षेत्रको बस्ती पनि नसार्ने, सुरक्षा पनि दिन नसकेपछि कसरी जनता जोगिन्छन् र निकास हुन्छ भनी प्रश्न गर्नुभयो ।

समितिका सदस्य घनश्याम खतिवडाले रासायनिक मल, कृषि अनुदानको अवस्था र कार्यान्वयनको स्थिति ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ’ भनेजस्तो रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति चुरे र वातावरण संरक्षणको विषय प्राकृतिक दोहनको असली नमूनाका रूपमा रहेको छ, पछिल्ला दिनमा संरक्षणभन्दा विनास गर्ने पक्ष नै बलियो हुँदै भएको आभाष भएको छ ।”

सांसद शक्तिबहादुर बस्नेतले बजेट कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी लिन सुझाव दिँदै वातावरण प्रभाव मूल्याङ्कन गर्ने कन्सल्टयान्सीले समयमा प्रतिवेदन नदिएकै कारण आयोजना सुरु गर्न बाधा पुगेको उल्लेख गर्दै त्यसमा सुधारको खाँचो औँल्याउनुभयो । समितिका सदस्य सत्यनारायण खनालले रासायनिक मलको उपलब्धता, गुणस्तर र सहजता गराउने दिशामा सरकारको विशेष कार्यायोजना र ध्यान जान जरुरी भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो