२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकको किसानमा हिउँले ल्यायो खुशी

२०७८, २३ माघ आईतवार ०६:२६

माघ २३, बनेपा | काभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन । बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ ।

जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ । हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली सप्रिने आशामा छन् यहाँका किसान । करिब दुई दिनससम्म परेको हिउँका कारण यातायात ठप्प भएपछि हिँडेर ढुङ्खर्क बजार पुग्नुभएका बोथानचोक गाउँपालिका–१ च्यामम्राङबेँसी कलङसिका दुर्गप्रसाद हुमागार्इँले बूढाबूढीका लागि कष्टकर भए पनि अब लगाउने अन्न बाली फस्टाउने आशामा रहेको बताउनुभयो । 

हिमपातका कारण यातायातका साधन नचलेकाले करिब साढे दुई घण्टा हिँडेर शनिबार ढुङ्खर्क बजारमा खाद्यान्न र मरमसला किन्न आइपुग्नुभएका उहाँले अलि मन खिन्न बनाएर भन्नुभयो, “बारीमा लगाएको तोरी, जाँै, गहुँ सबै नष्ट गर्यो । बारीमा सेताम्य भएर छोपेको हिउँको थुप्राले सबै बाली नष्ट भए पनि अब गर्ने खेती सप्रिन्छ होला ।” विसं २०६१÷६२ तिर परेको हिउँको सम्झना गर्दै उहाँले अहिले त्यसपछिको धेरै हिउँ परेको समय भएकाले केही क्षति व्यहोर्नु परे पनि अब गर्ने खेती राम्रो हुने बताउनुभयो ।

बेथानचोक गाउँपालिका–३ का ठाकुर तिमल्सिनाले हिउँ परेपछि जमिन चिसो हुने र खेतीपातीका लागि राम्रो हुने बताउनुभयो । “केही क्षति त सहनै पर्छ, तर अब आउने दिन हामी किसानका लागि हिउँले धेरै खुशी ल्याएको छ”, उहाँले भन्नुभयो, “पाकेको बाली र उम्रँदै गरेको बाली हिउँले थिचेपछि त सबै सखाप हुन्छ, तर अब गर्ने खेती निकै राम्रो हुन्छ ।” 

बिहीबार रातिदेखि परेको हिमपातका कारण जिल्लाका उच्च भागमा असर परेको छ । जिल्लाको कोसीपारिको अग्लो भाग भूम्लु गाउँपालिकाको चौबासडाँडा, तेमालको नारायणस्थानलगायत रोशी र बेथाचनोकको अग्लो भाग महाभारत क्षेत्रका अधिकांश भू–भागमा हिउँ परेपछि चिसो बढेको हो । अग्लो भू–भाग भएको बेथानचोकको कामीडाँडा, बेथानचोक नारायणस्थानका डाँडा अझै पनि हिउँले ढाकिएका छन् । हिउँ परेपछि पर्यटकीय क्षेत्र बोथानचोक नारायणस्थानडाँडा र ढुङ्खर्क, गोवभञ्ज्याङलगायतका ठाउँमा शनिबार विभिन्न ठाउँबाट हिउँ खेल्न जानेको भीड थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी